• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्नेमा अपाङ्गता भएका बालबालिकाहरुका लागि शिविर संचालन गरिँदै




अम्मर खत्री
रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिकामा अपाङ्गता भएका बालबालिकाहरुका लागि शिविर संचालन गरिने भएको छ । पालिकाको महिला तथा बालबालिका शाखाकाे समन्वयमा बिहीबार एक बैठक बसी अपाङ्गता भएका बालबालिकाहरुका लागि शिविर संचालन गर्ने निर्णय गरिएको हो ।

सिस्ने गाउँपालिकामा शारीरिक अपाङ्गगता भएका बालबालिकाहरुका लागि एक दिने शिविर संचालन हुने भएको छ । यहीँ जेठ २२ गते अपाङ्ग बाल अस्पताल पुन:स्थापना केन्द्र HRDC काे आयोजना र सिस्ने गाउँपालिका महिला तथा बालबालिका शाखाकाे समन्वयमा शिविर सञ्चालन हुने भएको हो ।

१८ बर्ष सम्मका शारीरिक अपाङ्गगता भएका बालबालिकाकाे जन्म जात पाैतला फर्केको , आगाेले पाेलेर एक आपसमा अंगहरु टाँसिएको , हड्डीहरु भाँचिएको,बाङ्गाे भएको वा हड्डी नजाेडिएकाे ,खृट्टा लृलाे र कमजोर भएको , ढाङ बाङ्गाे कुप्राे भएको,जाेर्नीहरु र घुँडा काे पाङरा खुस्किएकाे जाेनीहरु दुख्ने र सुन्निने समस्या भएको, औला हरु आपसमा टाँसिएको वा बढी भएको अन्य हाडजोर्नी सम्बन्धि समस्या भएका र सहायक सामाग्री तथा कृतिम अङ्काे आवस्यक भएकाहरुलाई सेवा तथा उपचार गरिने बताएको छ ।

उपचार गर्नका लागि स्वस्थ्य संग सम्बन्धि बिज्ञ टाेलिलाई ल्याइने र उक्त शिविर सञ्चालन सिस्ने गाउँपालिका कार्यलयमा गरिने आयोजकाले जानकारी दिएको छ । त्यस्तै शिविरमा उपस्थित भई सेवा लिन पनि अपाङ्ग संघ सिस्ने गाउँपालिकाले सबैमा अनुरोध गरेको छ ।

सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा बसेकाे बैठकमा सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिकास बिक्रम शाह , सिस्ने ५ का वडा अध्यक्ष बिरेन्द्र बस्नेत , ६ नम्बर वडाका वडा अध्यक्ष पूर्ण जङ मल्ल गैरसरकारी संस्था महासंघ नेपाल रुकुम पुर्ब का अध्यक्ष लिलामनी गाैतम , अपाङ्ग संघ सिस्ने गाउँपालिका अध्यक्ष कमासीङ खत्री लगायतको उपस्थित रहेको थियो ।

Facebook Comments