• २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कक्षा १–३ एकीकृत पाठ्यक्रम सम्बन्धी प्रशिक्षण सम्पन्न




निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजनामा एक दिने कक्षा १– ३ को एकीकृत पाठ्यक्रम सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज बिहीबार दाङको घोराहीमा कक्षा १– ३ एकीकृत पाठ्यक्रम सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कक्षा १– ३ को एकीकृत पाठ्यक्रम सम्बन्धी प्रशिक्षण्कमा कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख देवमणि चौधरी, सामाजिक शिक्षा विकास महाशाखा तुलसीपुरका अधिकृत मनबहादुर खड्का, डिल्लीकान्त आचार्य, मुकुन्द रिजाल रहेका थिए । समितिका प्रमुख चौधरी एकीकृत पाठ्यक्रमको अवधारणा, महाशाखाका अधिकृत खड्काले मूल्याङ्कन विधि र अङ्ग्रेजी शिक्षण विधि, प्रशिक्षक रिजालले मूल्याङ्कन विधि, प्रशिक्षक आचार्यले हाम्रो सेरोफेरो र गणित शिक्षण विधि र प्रशिक्षक चौधरीले नेपाली शिक्षण विधि सम्बन्धी प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा दाङ जिल्ला प्याब्सनमा आवद्ध विद्यालयहरुका १सय ४३ जना शिक्षकहरु सहभागी थिए ।
तालिम समुद्घाटन कार्यक्रम प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसीको अध्यक्षता तथा प्याब्सन केन्द्रीय कार्यसमितिका सचिव यादव गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्याब्सन घोराही नगरका अध्यक्ष बीरेन्द्र चन्दको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण प्याब्सन दाङका सचिव आदिम केसीले गरेका थिए ।

Facebook Comments