• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा दुर्घनामा परी गम्भीर घाइते भएकी शिक्षिकाको मृत्यु




दाङ । दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा एक जना शिक्षिकाको मृत्यु भएको छ । जिपको ठक्करबाट गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका९ बेलुवाका ३७ बर्षिय सीता लम्सालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

जिपको ठक्करबाट गम्भिर घाइते सीताको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रमुख मल्लले बताउनुभयो ।

बिहिबार बिहान करिब १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ज ९२३ नम्बरको जीपले विपरित दिशातर्फ गइरहेको रा ७ प ४२३७ नम्बरको स्कुटरलाई दंगिशरण गाउँपालिका(५ कमलगढीमा ठक्कर दिएको हो ।

मृतक सीता गुरु जजुर माबि रक्षाचौरका शिक्षक झकु प्रसाद खत्रीकी श्रीमती हुनुहुन्छ । सीताले मावि तुलसीपुर धनौरी शान्तिनगरमा पढाउनुहुन्थ्यो । उहाँलाई बिहिबार बिहान विद्यालयमा पढाउने जाने क्रममा जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

Facebook Comments