• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो




 

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । बिहीबार बिहान ८ बजेतिर यात्रुवाहक जिप दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सानीभेरी गाउँपालिका -३ घ्युढुंगाबाट मुसिकोटतर्फ आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा १० जना घाइते भएका छन् ।

बाँफिकोट–८ वडा अध्यक्ष धनबहादुर खत्रीकाअनुसार मृत्यु हुनेमा सानीभेरी गाउँपालिका -५ का कर्णे बाठा र देउचन खत्री रहेका छन् । एक सुत्केरी महिला र बच्चाको पहिचान हुन सकेको छैन ।

१५ जना सवार जिप दुर्घटनामा घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको र ६ जना सामान्य घाइते भएका अध्यक्ष खत्रीले जनाए । सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत बाँकेको नेपालगन्ज लगिएको छ । जिप भिरबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Facebook Comments