दाङ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र २(१) नियमित घुम्ती बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बंगलाचुली गाउँपालिका वडा नं. ५ र ६ को पार्टी कार्यालयमा बुधबार नेपाली काङ्ग्रेस क्षेत्र २ (१) सभापति प्रकाश श्रेष्ठको अध्यक्षतच तथा दाङ जिल्ला पुर्ब सभापति मोहनलाल वलीको प्रमुख अतिथिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
वडाका कार्यकर्तासँग भेटघाट हुँदै सुमधुर सम्बन्ध तथा आत्मीयता बड्ने आशा राख्दै वडाको समस्या बुज्नका लागि प्रत्येक वडामा घुम्ती बैठक तथा अन्तरक्रिया कार्यक्रम राखिएको सभापति प्रकाश श्रेष्ठले जानकारी दिनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पार्टी दाङका पूर्वसभापति मोहनलाल वलीले घुम्ती बैठक र अन्तरक्रिया कार्यक्रम निरन्तर राख्दै स्थानीय तहमा भएको कार्याकर्ताको समस्या बुज्दै समाधान गर्न जोड दिनुपर्ने बताउनुभयो ।
जिल्ला सदस्य जित बहादुर वली, बंगलाचुली गापा उपाध्यक्ष, भक्त बहादुर जिसी, प्रदेश सह–सचिव भुवन चौधरी, लुम्बिनी प्रदेश प्रतिनिधि पूर्ण बहादुर मल्ल, बंगलाचुलीका सचिब चेत बहादुर डांगी, बंगलाचुली वडा नं ५का वडा सभापति केशब जिसी, बंगलाचुली वडा नं.६ का वडा सभापति हिरालाल घर्ती लगायतले मन्तव्य राख्नु भएको थियो ।
घुम्ती बैठकमा जनप्रतिनिधि र पार्टीबीच अन्तरक्रिया कार्यक्रम गर्ने, पुर्ब बैठकको समीक्षा तथा लुम्बिनी प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री राजु खनाललाई बधाई ज्ञापन गर्ने निर्णय भएको सचिब शिशिर अधिकारीले जानकारी दिनुभयो ।
सचिव माया पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब शिशिर अधिकारीले गर्नु भएको ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
