• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सूचना प्रविधिले ल्याएको क्रान्ति र प्रयोगका सवाल




नवराज बसेल

प्रविधिको विकासक्रमले हामी बस्ने संसारमा जुन परिवर्तन आएको छ, त्यसले हाम्रो जिउने तौरतरिकामा क्रान्ति नै ल्याइदिएको छ ।

प्रविधिहरुको उदयले नै आजको मानव जीवन र समाजको विकासक्रमका पछाडि एक महत्वपूर्ण कारण हो । प्रत्येक वर्षहरुमा जुनरुपले नयाँ प्रविधिहरूको विकास भइरहेको छ, त्यसले हाम्रो जीवनमा महत्वपूर्ण प्रभाव छोडेको छ । हामीले एकअर्कासँग सञ्चार गर्ने तरिकादेखि, काम गर्ने र मनोरञ्जन लिने तरिकासम्म, प्रविधिले मानव जीवनमा ठूलो परिवर्तन ल्याइदिएको छ ।

तीमध्ये प्रविधिको सबैभन्दा प्रभाव पारेको महत्वपूर्ण क्षेत्र हो, सञ्चार । सञ्चार क्षेत्रमा प्रविधिले कसरी फड्को मा¥यो भनेर हेर्न हामीलाई धेरै टाढा जानुपर्दैन । आजभन्दा १५–२० वर्षअघिको हाम्रो जीवनलाई फर्केर हेरेमात्र पुग्छ । करिब २० वर्षअघिसम्म हामीसँगै आज जसरी हात हातमा मोबाइल फोन थिएन, ल्यापटप थिएन । त्यो समयमा हाम्रो सञ्चार गर्ने तरिका कस्तो थियो ? अहिले कस्तो छ ? यसलाई मात्रै हेर्ने हो भने पनि थाहा हुन्छ कि प्रविधिले हाम्रो सञ्चार गर्ने क्षेत्रमा कति ठूलो परिवर्तन ल्याइदिएको छ भनेर ।

आजका स्मार्टफोन, सामाजिक सञ्जाल र इन्स्ट्यान्ट मेसेजिङ एप्सको विकासक्रमसँगै मानव जीवनको सञ्चार गर्ने तरिकामा यसले ठूलो क्रान्ति नै ल्याइदिएको छ । भूगोलका सीमाहरु तोडिएका छन् । आज विश्वभरका मानिसहरूसँग सञ्चार गर्न सम्भव भएको छ । प्रविधिको विकासले सञ्चार क्षेत्रमा यस्तो ठूलो परिवर्तन ल्यादिएको संसारलाई नै एकै ठाउँमा गोलबद्ध गरिदिएको छ ।

हामी हाम्रा प्रियजनहरुसँग जुन कुनै बेला र जहाँ भए पनि कुराकानी गर्न सक्छौं । एक अर्काेलाई प्रत्यक्ष देख्न र संवाद गर्न सक्छौं । कतिसम्म भने टाढाको काम र बैठकहरु पनि आज गर्न सम्भव भएको छ । मानिस जहाँ भए पनि जुनसुकै ठाउँबाट काम गर्न सक्छ ।

सञ्चार मात्र हैन, सूचना प्रविधिले हामीले सिक्ने र ज्ञान प्राप्त गर्ने तरिकामा पनि परिवर्तन ल्यादिइएको छ । अझ भनौं प्रविधिले बालबालिकाको शिक्षण सिकाइमा सहज बनाइदिएको छ । जहाँ उनीहरु सजिलै अनलाइन पहुँचबाट शैक्षिक सिकाइका ज्ञानहरु प्राप्त गर्न सक्छन् । संसारभरका आफूजस्तै अन्य बालबालिकाहरूसँग जोडिन सक्छन् र सीप विकास गर्न सक्छन् । त्यसका लागि थुप्रै एपहरू, सफ्टवेयर र वेवसाइटहहरु उपलब्ध छन् । अनलाइन पाठ्यक्रमहरू, इ–लर्निङ प्लेटफर्महरू र शैक्षिक अनुप्रयोगहरूले मानिसहरूले पाउने ज्ञानको दायरा फराकिलो बनाइ दिएको छ । आजका दिनमा संसारको जुनसुकै ठाउँबाट, कुनै पनि समयमा पनि ज्ञान लिन सम्भव छ । अझ भनौं शिक्षामा पहुँच नहुने व्यक्तिहरुलाई पनि आज दिन जहाँ बसेर पनि शिक्षा र ज्ञान आर्जन गर्न सम्भव छ । अझै भन्ने हो भने अनलाइन अनुसन्धान उपकरणहरू र सर्च इन्जिनहरूको विकासले मानिसले चाहेको जुनसुकै विषयमा पनि जानकारी लिन सहज भएको छ ।

नयाँ प्रविधिले हामीलाई सिक्ने र आफै सिक्ने (सेल्फ लर्निङ) मा पनि महत्वपूर्ण भूमिका खेलेको छ । इन्टरनेटमा पाइने अनलाइन पाठ्यक्रमहरू, इ–लर्निङ प्लेटफर्महरू र भर्चुअल क्लासरूमहरूले शिक्षालाई थप पहुँचयोग्य र अन्तरक्रियात्मक बनाएको छ । चाहे त्यो स्वास्थ्य सेवाको क्षेत्रमा होस् या प्रविधिको क्षेत्रमा आजका दिनमा हामीले लिने शिक्षालाई यसले सहज र फराकिलो बनाइदिएको छ ।

स्वास्थ्य क्षेत्रमा भन्ने हो भने त प्रविधिले उथल पुथल नै ल्याइदिएको छ । जस्तै उदाहरण हेरौं । आजका दिनमा इलेक्ट्रोनिक स्वास्थ्य रेकर्डहरू, स्वास्थ्य मनिटरहरू र टेलिमेडिसिनले डाक्टरहरूलाई टाढाबाट पनि बिरामीहरू बाँच्न, निगरानी र हेरचाह गर्न सम्भव बनाइदिएको छ । आधुनिक चिकित्सा उपकरणहरू, टेलिमेडिसिन र इलेक्ट्रोनिक जस्ता स्वास्थ्य रेकर्डहरूले गर्दा चिकित्सकहरुलाई विरामीको उपचार र अनुगमन हेरचाहमा सघाएको छ । दुर्गम वा सेवा नपुगेका क्षेत्रमा पनि मानिसहरूका लागि स्वास्थ्य सेवालाई विस्तार गरेको छ ।

सूचना प्रविधिले प्रभाव पारेको अर्काे एउटा क्षेत्र हो, मनोरञ्जन उद्योग । Netflix/softify जस्ता स्ट्रिमिङ प्रविधि र सामाजिक सञ्जालको उदयसँगै मानिसहरू अब आफ्नो घरमै बसेर चलचित्र, टिभी कार्यक्रमहरू र गीतसंगीत हेर्न र सुन्न सक्छन् । हिजोका दिनमा असम्भव लाग्ने कुराहरु आजका दिनमा हाम्रो आवश्यकता बनेका छन् । विगतमा जस्तो चलचित्र घर, पत्रपत्रकिा र रेडियो टेलिभिजन मात्रै आजका दिनमा हाम्रो मनारेञ्जनका सामग्री रहेनन् । अनलाइन गेमिङ र भर्चुअल रियालिटी जस्ता मनोरञ्जनका नयाँ रूपहरूलाई जन्म दिइरहेको छ ।

नयाँ टेक्नोलोजीको सबैभन्दा महत्वपूर्ण प्रभावहरूमध्ये एक बृद्धि दक्षता र उत्पादकता हो । स्वचालित मेसिन र एआइ (सञ्चालन प्रणालीहरूले विभिन्न कार्यहरूको लागि आवश्यक समय र प्रयासलाई उल्लेखनीय रूपमा घटाएको छ, हामीलाई कम समयमा धेरै काम पूरा गर्न सहयोग पु¥याएको छ ।)

अझ नयाँ प्रविधिले त अपाङ्गता भएका व्यक्तिहरूका लागि थप पहुँचयोग्य बनाएको छ । सहायक प्रविधिहरू, जस्तै स्क्रिन रिडरहरू र वाक् पहिचान सफ्टवेयरले अपाङ्गता भएका व्यक्तिहरूको जीवनको गुणस्तरमा सुधार ल्याएको छ, उनीहरूलाई अझ बढी आत्मनिर्भर हुन र समाजमा सहभागी हुन सहयोग गरेको छ ।

केही गम्भीर असरहरु

प्रविधिले मानिसको जीवन सहज मात्रै बनाएको छैन, केही जतिलता पनि यसले सिर्जना गरेको छ । यसका पनि केही कमजोरी छन् । जस्तै ः आज हुर्किरहेका नयाँ पुस्ताले उनीहरूका आमाबाबुले भन्दा धेरै फरक संसारको अनुभव गरिरहेका छन् । उदीयमान प्रविधिहरूले बालबालिकामा सामाजिकीकरणमा नकारात्मक प्रभाव पार्न सक्छ ।

हामी सबैलाई थाहा छ, मानिस सामाजिक प्राणी हो । समाजमा घुलमिल हुनु, संवाद गर्नु र मानवीय संवेदना हुनु नै मानवको सर्व श्रेष्ठ गुण हो । यही कारण त मानव आज अरु प्राणी भन्दा भिन्न छ । मानव हुुनुको अस्तित्व छ । तर प्रविधिको प्रयोगले मानिसलाई क्रमशः एक्लो बनाउँदै लगेको छ । अर्थात ऊ अब प्रविधिको प्रयोगले आफ्नै संसारमा एक्लै रमाउन सक्ने भएको छ । समाजमा उसको घुलमिल हुन छाडेको छ । यसले एउटा डरलाग्दो मनोविज्ञान तयार गर्दैछ । अर्थात मानिस असमाजिक हुँदैछ । कालान्तरमा यसले मानव जीवनमा कस्तो प्रभाव ल्याउला ? त्यो हेर्न भने बाँकी छ ।

अझ डर लाग्दो कुरा त के छ भने आज हुर्किरहेका बालबालिकाहरु प्रविधिको जुन लतमा हुर्किरहेका छन्, त्यसले उनीहरुको बालमनोविज्ञानमा कस्तो असर पु¥याइरहेको छ ? हिजोका दिनमा हजुरबुवा, हजुरआमा र काकाकाकीबाट पाउनुपर्ने माया, ममता र हेरचाह पाउनुपर्ने बालबालिकाहरुले आज त्यो पाइरहेका छैनन् । बरु उनीहरु मोबाइल वा कम्प्युटर स्क्रिनहरुमा एक्लै हुर्किरहेका छन् ।

प्रविधिसँगै हुर्किरहेको आज पुस्तामा भोलि यसले गम्भीर सामाजिक र मानसिक असर पुग्ने देखिन्छ । ती मध्ये मानसिक स्वास्थ्य एक हो । धेरै स्क्रीन टाइम र सोसल मिडियाको लतले चिन्ता र डिप्रेसन निम्त्याउन सक्छ । सामाजिक सञ्जालको अत्यधिक प्रयोगले एक्लोपन, डिप्रेसन र चिन्ताको भावना निम्त्याउन सक्छ भन्ने अध्ययनहरुले पनि देखाइरहेका छन् ।

त्यस्तै नयाँ प्रविधिको विकासले साइबर सुरक्षा खतराहरू पनि बढेको छ । अनलाइन गतिविधिहरूको बृद्धिसँगै, ह्याकरहरू र साइबर अपराधीहरूले संवेदनशील जानकारी चोर्ने र अनलाइन ठगी गर्ने मौका पाएका छन् । नयाँ प्रविधिको विकाससँगै, हाम्रो व्यक्तिगत डाटा संकलन गरी निजी कम्पनीहरू र सरकारहरूद्वारा प्रयोग भइरहेका छन् जसले गोपनीयतासम्बन्धी चिन्ताहरू निम्त्याइरहेछ । यसले हाम्रो व्यक्तिगत डेटा जोखिममा पारेको छ ।

हामीले समाज र वातावरणमा पार्ने सम्भावित प्रभावहरूलाई ध्यानमा राख्दै नयाँ प्रविधिहरू आविष्कार र विकास गर्न जारी राख्नु महत्वपूर्ण छ । नयाँ प्रविधिको विकाससँगै यसले निम्त्याउने समस्याबारे पनि गम्भीररुपमा सोच्न जरुरी छ ।

(मास्र्टस् इन कम्प्यूटर एप्लिकेशनमा स्नातकोत्तर गरेका लेखक बसेल आइटी बिज्ञ हुनुहुन्छ )

Facebook Comments