• ८ माघ २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार




बुटवल । लुम्बिनी प्रदेश सरकामा आज केही मन्त्री थपिने भएका छन्। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एकरएक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो ।

राजु खनाल, भण्डारीलाल अहिर र चन्द्रकेश गुप्ता नयाँ मन्त्रीको रुपमा थपिनु हुने भएको छ । आज नयाँ मन्त्रीहरू पनि नियुक्त गर्ने र विनाविभागीय मन्त्रीहरूको पनि जिम्मेवारी तोक्ने तयारी छ ।

नयाँ जिम्मेवारी अनुसार धन बहादुर मास्की आर्थिक मामिला मन्त्री, राजु खनाल स्वास्थ्य मन्त्री, सन्तोष कुमार पाण्डेय आन्तरिक मामिला तथा सहकारी मन्त्री, भण्डारीलाल अहिर कृषि तथा भूमि ब्यवस्था मन्त्री, चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री, धर्म बहादुर चौधरी भौतिक पूर्वाधार विकास मन्त्री हुनु हुने छ ।

यससँगै दोस्रो पटक मन्त्रिपरिषद् बिस्तार भएपनि अझै पूर्णता भने पाउन सकेको छैन् । मुख्यमन्त्री चौधरीले मुख्यमन्त्री सहित खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय, बन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात ब्यवस्था मन्त्रालय आफै सँग राख्नु भएको छ । नवनियुक्त तथा विभागीय जिम्मेवारी पाउनु भएका मन्त्रीहरूको आजै ४ बजे सपथ ग्रहण हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

 

Facebook Comments