• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कांग्रेस नेता राजु खनाल बने स्वास्थ्य मन्त्री




दाङ, ८ जेठ/ नेपाली कांग्रेसका नेता राजु खनाल लुम्बिनी प्रदेशकाे स्वास्थ्य मन्त्री बनेका छन् । लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपभापति खनाल लुम्बिनी प्रदेश सरकारकाे स्वास्थ्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले दाङ निर्वाचन क्षेत्र नम्बर २(१) बाट बिजयी खनाललाई आज साेमवार नियुक्त गरेका हुन् ।

खनालसँगै चाैधरीले सन्ताेषकुमार पाण्डेयलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री, भण्डारीलाल अहिरलाई कृषी तथा भूमी व्यवस्था मन्त्री, चन्द्रकेश गुप्तालाई सामाजिक मन्त्री र धर्मबहादुर चाैधरीलाई भाैतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेकाे मुख्यमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ ।

Facebook Comments