• ८ माघ २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अखिल (क्रान्तिकारी) देउखुरीको प्रथमपूर्ण बैठक, यस्ता छन् बैठकका निर्णयहरु ?




श्रवण कुमार यादव
देउखुरी। नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल (क्रान्तिकारी) देउखुरी जिल्लाको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ ।

बैठक आइतबार देउखुरी बहुमुखी क्याम्पस लमही देउखुरी दाङमा महत्वपूर्ण निर्णहरु गर्दैै सम्पन्न भएकोे हो। बैठकबाट संगठन सुदृढ तथा सबै क्याम्पसहरुमा संगठन विस्तार गर्ने, शिक्षा क्षेत्रमा भएकोे शैक्षिक विकृति विसंगति र शैक्षिक माफियाको विरुद्धमा संघर्ष गरिने एवं सबै पालिकहरुमा मागपत्र बुझाउने लगाएतको निर्णयहरु गरिएकाे छ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा देउखुरी जिल्ला इन्चार्ज कमरेड बिक्रम सीकाे प्रमुख अतिथि, बिशिष्ट अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष कमरेड प्रितिमा सी, पश्चिम लुम्बिनी ब्यूरो इन्चार्ज कमरेड गगन सी लगाएतका अतिथिहरुकाे उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।

बैठको अध्यक्षता तथा सञ्चालन अखिल (क्रान्तिकारी) देउखुरी जिल्लाका इन्चार्ज तथा संगठनका जिल्ला सचिवालय सदस्य समता विसीले गरेकी थिइन् ।

Facebook Comments