घोराही । घोराही – १५ रतरपुरमा संचालित गुरुकुल एकेडेमीका कक्षा १२ का बिद्यार्थीहरु दीक्षित भएका छन् । बिद्यालयका २०८० सालको १२ कक्षाको परीक्षामा सम्मिलित भएका बिद्यार्थीहरुलाई दीक्षित गरिएको हो । बिद्यालयको प्रांगनमा शनिबार शनिवार एक कार्यक्रम गरी दीक्षान्त कार्यक्रम सम्पन्न गरिएको हो ।
बिद्यालयका पहिलो ब्याचका बिद्यार्थीहरुलाई दीक्षित गरिएको बिद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले बताउनुभयो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न सो दिक्षान्त समारोहमा गुरुकुल एकेडमीमा कक्षा १२ का ८० जना बिद्यार्थीहरु दीक्षित भएका छन् ।
सो अवसरमा प्रमुख अतिथि लामिछानेले दिक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुका साथै शिक्षा प्रणाली र अवसरहरुको बारेमा मन्तव्य राख्नुभएको थियो । उँहाले गुरुकुलले प्रदान गर्ने शिक्षाले हरेक अभिभावकले आफ्ना बालबालिकाको पढाई र शिक्षाप्रति निकै सन्तुष्ट भएको बताउनुभयो । शिक्षा संस्कार र संस्कृति भन्ने मुल नारा र पुर्ण मानव श्रृजना गर्ने उद्धेश्यका साथ संचालनमा आएको गुरुकुल एकेडेमीले सुरुवाति बर्षदेखि नै राम्रो नतिजा हासिल गर्दै आएको भन्दै गुरुकुल एकेडेमीप्रति खुसी ब्यक्त गर्नुभयो ।
साथै आज दिक्षित हुने सम्पुर्ण बिद्यार्थिहरुलाई आगामी शिक्षाको लागि शुभकामना ब्यक्त गर्दै एसइईपछि कक्षा ११को गन्तब्य पनि गुरुकुलनै बनाउन सके बिद्यार्थीहरुको ब्यक्तिक्त्व बिकाससंगै देशका बिभिन्न ठुला सहरका कलेजहरुमा पाउने शिक्षा गुरुकुलमै पाउने सल्लाह पनि दिनुभयो ।
दिक्षान्त कार्यक्रममा बिद्यार्थी प्रकृति पोख्रल र रोशन शर्माले गुरुकुलमा अध्ययन गर्दाको अनुभव र त्यँहा सिकेको बिभिन्न अतिरीक्त कृयाकलापको बारेमा प्रस्ट पार्दै आफ्नो भनाई राख्नुभएको थियो र अन्य बिद्यार्थीहरुलाई पनि गुरुकुलमा अध्ययन गर्न पनि सुझाउनुभयो ।
यस्तै अभिभावक निकुञ्ज न्यौपाने र खड्क केसीले शैक्षिक क्षेत्रमा गुरुकुल एकेडेमीको जस्तो राम्रो बातावरण अन्य बिद्यालयमा आफुले अनुभव नगरेको बताउनुभयो । गुरुकुलले अहिले जुन पद्धतिबाट शिक्षण सिकाई कृयाकलाप गरीरहेको छ त्यो एकदमै राम्रो भएको हुँदा आगामी दिनमा अझै सफलताको शुभकामना समेत दिनुभएको थियो ।
बिद्यालयका प्रिन्सीपल डा. कृष्णराज डिसीले दीक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।कार्यक्रममा बिद्यालयका शिक्षक महाविर जिएम र वासुदेव खत्रीले आफ्ना भनाई राख्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । प्रधानाध्यापक डा. कृष्णराज डिसीको अध्यक्षतामा भएको दिक्षित कार्यक्रममा बिद्यालय बिज्ञान संयोजक अजय शाहले स्वागत मन्तब्य दिनुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक बिद्यालयका ब्यबस्थापन संयोजक कृष्णदेव थापाले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
