• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङमा सामना कलाकार गठन




घोराही । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङमा सामना कलाकार गठन गरिएको छ । शनिबार घोराहीमा सम्पन्न पार्टीको जनबर्गीय तथा मोर्चाहरुको प्रथम संयुक्त भेलामा सामना कलाकारको गठन गरिएको हो ।

उक्त भेलामा गणेश सीको संयोजकत्वमा ९ सदस्यीय कमिटी गठन भएको छ । जसमा सह- संयोजकमा ममता सी , सदस्यहरुमा आदित्य सी, निखिल सी , मिलन सी, अस्मिता सी, बन्धना सी, सुनिता सी, सुस्मा सी रहेका छन् ।

कलाकार टिमले जिल्लामा हुने विभिन्न पार्टीका कार्यक्रम तथा गाउँबस्तीहरुमा जनवादी गीत, नृत्य र नाटकहरु मार्फत जनतालाई सुसूचित गर्दै आइरहेको थियो ।

परिवर्तन, सचेतना र खबरदारी गर्न क्रान्तिकारी गीत र नृत्यको महत्त्वपूर्ण भूमिका रहने भन्दै पूर्वी दाङ जिल्लामा पनि सामना कलाकार गठन गरिएको हो ।

 

Facebook Comments