निराजन सिर्पाली
रुकुमपूर्व । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सिस्ने गाउँपालिका वडा नम्बर ८ मा पार्टी कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
यसअघि लिल्ला समन्वय समिति तथा पालिकास्तरीय बैठकले जिल्ला को तिन ओटै गाउँपालिका तथा सबै वडाहरुमा पार्टीको वडा कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई अभियानकै रुपमा चलाउने निर्णय अनुसार शुक्रबार ८ नम्बर पार्टी वडा कमिटीको आयोजनामा प्रशिक्षणात्मक कार्यक्रम गरिएको हो ।
पछिल्लो समयमा माओवादी केन्द्रले संगठनात्मक सुदृढीकरण अभियानलाई निरन्तरता दिइएको जिल्ला समन्वय समिति सदस्य जीवन केसीले जानकारी दिनुभएको छ । त्यहाँ भएका पार्टीका समस्याहरु तथा राम्रो पक्षको काम र नराम्रो पक्षको कामको समीक्षा तथा अन्तरक्रिया गरिएको उहाँले बताउनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व आपूर्ति मन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेशमान पुनले पछिल्लो समयमा प्रचण्ड सरकारले गरेको कामलाई विरोधि शक्तिहरुले मन नपराएको तथा माओवादी केन्द्रले एकपछि अर्को गर्दै जनता सामु बोलेका कुराहरुलाई काम गरेरै देखाउन सुशासन कायम राख्न , भ्रष्टाचारको अन्त्य तथा अहिलेसम्म भए गरेका भ्रस्टाचारहरुको फाइल खोल्ने काम माओवादी केन्द्र र यसको नेतृत्व पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले गरेको बताउनुभएको छ ।
त्यस्तै उहाँले माओवादी एक भएर लागेको र अब सबै एक ढिका भएर भ्रष्टाचार लगायत थुप्रै राम्रो कामको थालनी सरकारले शुरु गरेकाले सबै आआफ्नो ठाउँ तथा क्षेत्रबाट लाग्नुपर्ने अवस्था आएको पुनले बताउनुभएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पुर्ब आपूर्ति मन्त्री गणेशमान पुनको प्रमुख आथिता रहेको थियो । कार्यक्रममा नेकपा माओवादीकेन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा सिस्ने गाउँपालिका पूर्वअध्यक्ष कुमारी बराल , सिस्ने गाउँपालिका पूर्व उपाध्यक्ष गोवर्धन बुढा , जिल्ला समन्वय समिति सदस्य जिवन केसी, वडा नम्बर ८ का वडा अध्यक्ष गोपाल पुन , पार्टीका वडा इन्चार्ज देविलाल पुन लगायत पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
