घोराही । नेकपा (माओवादी केन्द्र ) निकट अखिल (क्रान्तिकारी) दाङको स्ववियु निर्वाचित पदाधिकारी , सदस्यहरुलाई सम्मान तथा प्रशिक्षण कार्यक्रम घोराहीमा सम्पन्न भएको छ ।
अखिल (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महराको अध्यक्षता एबम नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश समिति उपाध्यक्ष भिमराज खरेल , संगठनकि दाङ जिल्ला इन्चार्ज बिन्दु खड्काका मन्तव्य राख्नु भएको थियो भने प्रदेश समिती सचिब मदन जिएम, सचिवालय सदस्य प्रतीक अधिकारी, सदस्य इशा ओलिको आतिथ्यता रहेको थियो ।
अखिल (क्रान्तिकारी) दाङका जिल्ला समिती सदस्य बिष्णु गोराथोकिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन भरत भुसालले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
