• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेपाल कम्युनिस्ट पार्टीमा प्रवेशको लहर




घोराही । देशभरबाट विभिन्न पार्टीमा आवद्ध रहेका सक्रिय नेता तथा सदस्य र स्वतन्त्र व्यक्तिहरु विप्लव नेकपामा प्रवेशको लहर बढ्दै गइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङमा पनि विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेहरुको संख्या बढ्दै गइरहेको हो ।

माओवादी केन्द्र पार्टी परित्याग गरि खड्ग परियार, सीता परियार, पुष्कर परियार, शारदा परियार, जगबहादुर चौधरी, कृष्ण विक, प्रेम विक र स्वतन्त्रबाट खेल प्रशिक्षक तथा स्वतन्त्र युवाहरु शारीरिक सुगठक ( जिम) का प्रशिक्षक शंकर रोकाय, योगा तथा जिम प्रशिक्षक महेन्द्र जिसी (म्याक्स)ले गरी ९ जना विप्लव नेकपामा
प्रवेश गरेका छन् । शनिबार घोराहीमा सम्पन्न पार्टीको जनबर्गीय तथा मोर्चाहरुको प्रथम संयुक्त भेला उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इन्चार्ज सविन सी लगायतका नेतहरुले उनीहरूलाई टीका लागाएर पार्टीमा स्वागत गरेका थिए ।

Facebook Comments