• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्लास्टिक व्यवसायी समिति घोराहीको प्रथम अधिबेशन, अध्यक्षमा भण्डारी




घोराही । प्लास्टिक व्यवसायी समिति घोराहीको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ । समितिको आयोजनामा शनिबार घोराहीमा उक्त अधिवेशन सम्पन्न भएको हो ।

अधिबेशनले खेमराज भण्डारीको अध्यक्षतामा ९ समिती चयन गरेको छ । जस्मा उपाध्यक्ष प्रकाश रेग्मी, सचिव द्रोणराज घिमिरे , सहसचिब बासुदेब गुप्ता, कोषाध्यक्ष मधुसूदन आचार्य र सदस्यहरुमा खगेस्वरमा शर्मा, ऋषिराज प्रोखेल र बिक्की गुप्ता सर्बसहमत  चयन भएका छन् ।

प्लास्टिक व्यावसायी समितिका अध्यक्ष ओम प्रकाश पोख्रेलको अध्यक्षता तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख अतिथि एबं उधोग बाणिज्य संघ लुम्बिनी प्रदेशको कोषाध्यक्ष नारायण प्रासद भुसाल र दाङ जिल्ला उधोग बाणिज्य संघका पुर्ब अध्यक्ष हेमराज बन्जाडेको विशिष्ट अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा  रेडिमेट तथा फेन्सी व्यावसायी समितिका अध्यक्ष एकराज खनाल , दाङ जिल्ला उधोग बाणिज्य संघका सदस्य तथा  गल्ला तथा किराना व्यावसायि समितिका अध्यक्ष बिनोद पाण्डे,दाङ जिल्ला उधोग बाणिज्य संघका सदस्य तथा तरकारी व्यावसायि समितिका अध्यक्ष बिस्णु प्रसाद रिजाल , दाङ जिल्ला उधोग बाणिज्य संघका सदस्य बिकास ओलि, दाङ जिल्ला उधोग बाणिज्य संघका सदस्य माधब खनाल, दाङ जिल्ला उधोग बाणिज्य संघका विशिष्ट सदस्य  मित्रदेब अधिकारी,    दाङ जिल्ला उधोग बाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी दाङ जिल्ला उधोग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष राम प्रसाद पोख्रेल लगायतले मन्तव्य राख्नु भएको  थियो ।  अध्यक्ष, सचिबको प्रतिबेदन र कोषाध्यक्षको आर्थिक प्रतिबेदन समेत पेश गरिएको थियो ।

उपाध्यक्ष प्रकाश रेग्मीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण  सह-सचिब खेमराज भन्डारीले गर्नुभएको  थियो ।

Facebook Comments