घोराही । नेकपा (एकीकृत समाजवादी) दाङको अध्यक्षमा भूपबहादुर केसी निर्वाचित भएका छन् । पार्टीको शुक्रबार बसेको विशेष जिल्ला भेलाबाट केसी अध्यक्षमा निर्वाचित भएका हुन् ।
उक्त भेलाबाट उपाध्यक्षहरुमा डिल्लीबहादुर पुन, गणेशकुमार चौधरी, विष्णु गुरुङ, सचिवमा जानुका रेग्मी, उपसचिवमा दिलबहादुर पुन, सुर्य बिसी र प्रेम बुढा चयन भएका छन् ।
दाङका सबै वडाबाट एक/ एकजना गरि एक सय, निर्वाचन क्षेत्रबाट ११ जना, पेशागत महासंघबाट १५ जना र जनबर्गीय संगठनबाट ५ जनासहित जिल्लामा एक सय ७१ जनाको कमिटी चयन गरिएको पत्रकार सम्मेलन मार्फत पार्टीका केन्द्रीय पोलिटब्यूरो सदस्य मेटमणि चौधरीले जानकारी दिए ।
पार्टीका केन्द्रीय पोलिटब्यूरो सदस्य मेटमणि चौधरीले भेलाका निर्णयहरु सार्वजनिक गर्दै पार्टी नीति विधि विपरित कार्य गर्ने पार्टीका केन्द्रीय सचिव भागवत विश्वासी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, पूर्वराज्यमन्त्री हिराचन्द्र केसी, जिल्ला अध्यक्ष शुरामणी बेल्वासे, उपाध्यक्ष शोभा शाह र सचिव डिल्ली डाँगीलाई पार्टीको कुनैपनि सदस्य नरहनेगरी कारबाही गरेको बाताए ।
त्यस्तै पार्टीका लुम्बिनी प्रदेशका अध्यक्ष सोमप्रसाद पाण्डेले पार्टी तल्लो कमिटीको रिपोर्टिङको आधारमा र पार्टीमा ठूलो नोक्सानी पुर्याएको हुँदा जिल्लाको विशेष भेलाबाट नेताहरूलाई कारबाही गर्नुपर्ने बताए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
