• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कार्यक्रम




निराजन सिर्पाली 
रूकुमपूर्व । रुकुम पूर्वकाे सिस्ने गाउँपालिका वडा नम्बर ५ धाउन्नेमा सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार जिल्ला प्रहरी कार्यक्रम रुकुम पूर्वकाे मातहतकाे अस्थायी प्रहरी पोष्ट धाउन्ने रुकुम पूर्वले सिस्ने गाउँपालिका वडा नम्बर ५ धावने बजारमा स्थानियहरुको सहभागितामा “अस्थायी प्रहरी पाेस्ट धाउन्ने द्वारा सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हाे ।

प्रहरीले पछिल्लो समयमा समाजमा हुने विभिन्न सामाजिक अपराध, सडक सुरक्षा तथा ट्राफिक नियम आदि थुप्रै सचेतना मुलक सम्बन्धी कार्यक्रम अभियानकै रुपमा निरन्तर गरिरहेकाे छ ।

उक्त कार्यक्रममा त्यहाँका स्थानिय युवा तथा सवारी चालकहरुकाे उपस्थिति रहेकाे थियो । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सबै नागरिक सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धी सचेत बनुन भन्ने उदेश्यले उक्त कार्यक्रम गरेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जनाएको छ ।

Facebook Comments