• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कृषकलाई बिचौलियाबाट बचाउन रुन्टीगढीले हाट बजार सञ्चान गर्दै




कमल खड्का

होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकामा हाट बजार सञ्चालन हुने भएको छ । वषौदेखि बन्द रहेको हाट बजार पुनः सञ्चालन हुने भएको छ । रुन्टीगढी गाउँपालिका तथा बिभिन्न सघं सस्थाहरुको पहलमा हाट बजार सञ्चाल हुने भएको हो ।

कृषकहरुले उत्पादन गरेको उपजले उचित मुल्य पाउन नसकेपछि हातबजार सञ्चालनमा ल्याउन लागिएको गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिनुभयो । रुन्टीगढी गाउँपालिकाको अधिकामस क्षेत्रमा तरकारीको पकेट क्षेत्र भए पनि कृषकहरु बिचौलिया ब्यापारीको हाटमा पर्ने हुँदा उनीहरुले उत्पादन गरेको उपचले उचित मुल्य पाउन सकिरहेको छैन् ।

उपजले उचित मुल्य पाउन नसके पछि कृषकहरु कृषि पेशालाइ ब्यवसायीक मुलक पेशा बनाउन सकेका छैन्न । कृषि पेशाबाट आत्मनिर्भर हुने वातावरण नभए पछि रुन्टीगढी गाउँपालिकामा कृषि पेशाप्रति यूवाको आर्कषण घट्दै गएको छ भने युवाहरु विदेशीन बाध्य भएका छन् । यसै कुरालाई मध्यनजर गरेर हाल स्थानीय सरकारले कृषकहरुलाई उचित मुल्य दिन र बिचौलियाबाट बचाउन हाट बजार सञ्चानमा ल्यान लागिएको हो ।

हाट बजार सञ्चानका लागि रुन्टीगढी गाउँपालिका अध्यक्ष पुनले पछिल्लो चरणमा निकै सक्रियता देखाउन थाल्नु भएको छ । हाट बजार सञ्चालनको लागि अहिले टहरा निर्माणको काम भईरहेको छ ।

Facebook Comments