प्यूठान । प्यूठानको कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको स्वर्गद्वारी गइरहेको बा २१ च ५४०७ नम्बरको कार भिङग्रीकोटमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् भने अन्य दुई जना सामान्य घाइते भएका छन् ।
स्वर्गद्वारी मन्दिर दर्शनका लागि आएका रुपन्देही जिल्ला बुटवल ८ सुख्खा नगरका ५८ वर्षीय शिव गौतम, ५५ वर्षीय माया गौतम, ३० वर्षीय अच्युत गौतम, २० वर्षीय प्रज्ञा शर्मा र १८ वर्षीय प्रशंशा शर्मा दुर्घनामा परेका हुन् ।
दुर्घटनामा परि घाइते भएका तीन जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र भिङग्रीमा लगिएको प्रहरीले जनाएको छ । गाडी माथिको घुम्तीबाट १५ मिटर तल्लो घुम्तीमा खसेको थियो । कारमा पाँच जना सवार रहेका थिए ।
कार आज बिहान साढै एघार बजेतिर दुर्घटना भएको थियो । घाइतेको स्वास्थ्य अबस्थामा सामान्य रहेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
