काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्व सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वमा २० सदस्यीय टोली आज (शुक्रबार) चीन प्रस्थान गरेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति, अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा उपाध्यक्ष सापकोटा नेतृत्वको २० सदस्य टोली १० दिने भ्रमणका लागि आज अपराह्न चीन प्रस्थान गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधि मण्डलले तिब्बतको ल्हासा, राजधानी बेइजिङ र सिहाङ्को अवलोकन भ्रमण गर्ने छ भने विविध छलफलमा सहभागी हुने कार्यक्रम छ । सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल यही जेठ १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।