कमल खड्का
होलेरी । सूर्तिजन्य पदार्थ सेवन तथा मध्यपान न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम रोल्पाको होलेरीमा सम्पन्न भएको छ । लुम्बीनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय राप्ती उपत्यका देउखुरी दाङको आयोजनामा कार्यक्रम भएको हो ।
रुन्टीगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा न्यूनिकरण सम्बन्धी उदेश्य माथि प्रकाश पार्दैद कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा बोल्दै रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले राज्यको नितिनै एका तिरबाट निषेध गर्नु पर्छ भन्ने भएको र अर्को तिरबाट उद्योग धन्दा खोलेर सुर्तिजन्य पदार्थ उत्पादन बृद्धि गर्ने नितिनै गलत भएको कुरा उल्लेख गर्नु भएको थियो ।
कार्यक्रममा सहभागीहरुले सुर्तिजन्य पदार्थ न्यूनिकरण सम्बन्धी बिभिन्न सुझाबहरु राखेका थिए। सूर्तिजन्य पदार्थ न्युनिकरणको लागि स्थानीय तह प्रमुख प्रसासकाको मुख्य भुमिका हुने कानुन मै उल्लेख भएको हुदा आगामी दिनमा ऐन नियमहरु बनाएर लाग्ने रुन्टीगढी गाउँपालिका प्रमुख प्रसासकीय प्रमुख अधिकृतले प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
लुम्बीनी प्रदेश स्वास्थ्य मन्त्रालयका अधिकृत भरत बहादुर कंवरले सूर्तिजन्य पदार्थले पारेको प्रभाव, पार्ने असर र वातावरणीय असरका बारेमा प्रकास पार्नु हुदै कार्यक्रमको सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा रुन्टीगढी गाउँपालिकाका जनप्रतिनिधीहरु, कर्मचारी, शिक्षक , आमा समुह ,महिला समुह बिद्यार्थी समाजसेवी, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।