नवीन पिएम
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नगर कार्यपालिका बैठक बिहिवार सम्पन्न भएको छ ।कार्यपालिका बैठकले अघिल्लो कार्यपालिका बैठकका निर्णय भए अनुसार बैशाख मसान्त भित्र ५० प्रतिशतको हाराहारीमा योजना फरफारका लागि पेश भैसक्नु पर्ने निर्णय भएता पनि सो निर्णय अनुसार कार्यसम्पादन संतोषजनक नदेखिएको कुरालाई सबै पदाधिकारीले महुसुस गर्दै यहि जेष्ठ मसान्तसम्म वडा तथा नगर तर्फका सम्पुर्ण योजना फरफारका लागि पेस गरि सक्नु पर्ने निर्णय गरिएको छ ।
त्येस्तै नगरपालिका भित्र छाडा रहेका पसुचौपाया व्यवस्थापनका लागी जग्गा प्राप्तिको प्रक्रियामा रहेकोले यथाशिघ्र छिटो पशुचौपाया व्यवस्थापन कार्य सुरुवात गर्ने निर्णय गरेको वडा न ३ का वडाध्यक्ष तथा नगर प्रवक्ता धनबहादुर पुन मगरले जानकारी दिनु भएको छ ।
प्रबक्ता पुन मगरका अनुसार EBA II को समुदायको जिवनस्तर सुधार योजना अन्तर्गत मौरी पालन ,तरकारी खेती , बेसार खेती ,च्याउ खेती लगायतका कार्यक्रम संचालन गर्न कानुनबमोजिम दर्ता भएका सामुदायिक तथा कबुलियती बन समुह कृषक समुह ,आमा समुह र महिला समुहलाई प्रस्ताव पेश गर्न ७ दिने सूचना प्रकाशन गर्ने , नगरपालिका भित्र रहेका सबै सामुदायिक वन समुहहरुलाइ नगरपालिकामा सुचिकृत गर्न सूचना प्रकाशन गर्ने निर्णय समेत गरिएको छ ।
नगरपालिका भित्रका क्यान्सर तथा प्रानघात सम्बन्धित बिरामीहरुलाइ माशिक ५ हजार प्रदान गर्ने नेपाल सरकारको नीति अनुसार नगरपालिकाको कडा प्रकृतिका रोग र प्राकृतिक प्रकोप बिपतमा परेका नागरिकहरुलाइ आर्थिक सहायता शिर्षकबाट भुक्तानी दिने र संबंधित निकाय बाट माग गरि शोधभर्ना गर्ने लागायतका महत्त्वपूर्ण निर्णय समेत गरिएको बताइएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

