• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गुरुकुल एकेडेमीमा गायिका रचना रिमाल आउँदै




घोराही । दाङको घोराही उपमहानगरपालिका वडा नं.१५ मा रहेकोे  गुरुकुल एकेडेमीमा गायिका रचना रिमाल आउने भएकी छिन् । यहि जेष्ठ १५ गते सोमबार रिमाल गुरुकुलमा आउन लागेकी हुन् । एसईई दिएका बिद्यार्थीहरुलाई मनोरञ्जन दिने उद्धेश्यका साथ एसईई साँस्कृतिक साझको आयोजना गरिएको बिद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिनुभयो ।

उक्त साँस्कृतिक साँझ कार्यक्रम सहभागी हुनको लागि रिमाल दाङ आउने भएकी हुन् । बिद्यालयको प्राङ्गनमा आयोजना गरिने बृहत एसईई साँस्कृतिक कार्यक्रममा उनले आफ्नो प्रस्तुती पनि राख्ने बिद्यालयका नेपाली बिषयका शिक्षक विवेक देवकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुको प्रस्तुतिसँगै नेपाली हाँस्य बिधाका कलाकार कमल गाँउलेको पनि प्रस्तुति रहने बिद्यालयले बताएको छ । हाँस्य कलाकार कमल गाँउले र गायिका रिमालको मुख्य प्रस्तुति रहने भएको हो । उक्त साँस्कृतिक कार्यक्रममा सहभागि हुनको लागि निशुल्क टिकटको ब्यबस्था गरिएको छ । एसईई दिएका बिद्यार्थीहरुका लागि टिकट निशुल्क गरिएको छ भने टिकट प्राप्त गर्नको  लागि बिद्यार्थीहरुले एसईई परीक्षाको प्रबेश पत्रको फोटोकपि पेश गर्नुपर्ने छ ।

टिकट बिद्यालय प्रशासनबाट उपलब्ध हुने र बिद्यालय समयमा सम्पर्क गर्नुपर्ने छ । उक्त साँस्कृतिक कार्यक्रममा गायिका रिमालले बिद्यार्थीहरुलाई मोटिभेसनलसँगै आफ्नो कला प्रस्तुत गर्ने छिन् ।

Facebook Comments