• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नागरिक समाज दाङले बुझायो मन्त्री शर्मालाई ध्यानाकर्षण पत्र




दिपक वली
घोराही। नागरिक समाज दाङले नेपाल सरकारका प्रबक्ता तथा संघिय सुचना तथा संचार मन्त्रि रेखा शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ । जिल्लामा अलपत्र परेका मुख्य ३ वटा एजेन्डालाई समेटेर मन्त्रि शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

दाङको मुख्य समस्यामा रहेको र बिगत ४ बर्ष देखि अलपत्र परेको घोराहि तुलसिपुर सडक , स्वास्थ्य र विमानस्थल लगायतका एजेन्डा ध्यानाकर्षण पत्रमा लेखिएको छ । भारतीय एक्जिम बैंकको सहयोगमा घोराहि तुलसिपुर सडक निर्माण गर्ने जिम्मा चारतीय निर्माण कम्पनि तथ्य इन्जिनियरीङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । तर चार बर्षमा सडकको प्रगति जम्मा १० प्रतिशत मात्र भएको छ ।

सोहि कुरा मन्त्रि शर्माले ठेक्का रद्ध गरेको मिडियामा आएको थियो । अचेत अवस्थामा आएको सडकमा दुघटना हुदा अहिले सम्मा २५ जनाले ज्यान गुमाएका छन । यता दाङमा हवाइ सेवा पनि नियमित भएको छैन । तुलसिपुरमा रहेको विमानस्थलको भावन मार्ग विस्तार अथवा नाराएणपुरमा बन्ने भनेको विमानस्थललाई पनि बजेट बिनियोन गर्न आग्रह गरेको नागरीक समाज दाङका संयोजक केवि मसालले जानकारी दिनुभयो । साथै मुख्य रुपमा समस्या देखिएको बिकास निर्माणको कामलाई दाङबाट प्रतिनिधित्व गर्ने संघिय सांसद तथा मन्त्रि रेखा शर्माले छिटो भन्दा छिटो बजेट सुनिश्चीता गर्नुपर्ने नागरीक समाज दाङका अभियन्ता ई. अनन्तराज घिमिरेले बताउनुभयो ।

साथै उँहाले दाङमा स्वाथ्य क्षेत्र अथवा अस्पतालहरु रीफर सेन्टरको रुपमा रहेको हुदा यो समस्याको पनि पहलकदमि लिनुपर्ने बताउनुभयो । बन्न लागेको मेडिकल कलेजमा पनि बजेटको कमिले समस्या आएको हुदा सम्बन्धित निकायले यसमा चासो दिनुपर्ने ध्यानाकर्षण पत्र हस्तान्त्रण कार्यक्रममा उपस्थित साहित्यकार तथा पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नाराएण प्रसाद शर्माले बताउनुभयो । प्रदेश सभा सदस्य राजु खनाल सहितको उपस्थितिमा नागरीक समाज दाङका संयोजक केवि मसालको नेतृक्त्व तथा समाजका अभियान्ता ई. अनन्तराज घिमिरे साहित्यकार नाराएण प्रसाद शर्मा लगायतले सुचना तथा संचार मन्त्रि शर्मालाई ध्यानाकर्षण पत्र हस्तान्त्ररण गरीएको हो । साथै ध्यानाकर्षण पत्र बुझ्दै मन्त्रि शर्माले मुख्य एजेन्डाका रुपमा रहेका दाङका समस्या छिटो भन्दा छिटो समाधान गर्न पहलकदमि चाल्ने प्रतिबद्धता ब्यक्त गनुभएको छ ।

सोहि अनुरुप ४ लेन बाटोको ठेक्का सम्झौता तोडिएको बताउनुभएको थियो । नयाँ टेन्डरको लागि समय लाग्ने बताउँदै उँहाले त्यसअघि सडक डिभिजन कार्यालयले सडक मर्मत सम्भारको काम अघि बढ्ने बताउनुभयो । चार वर्षदेखि सडक अलपत्र परेको भन्दै सांसद तथा जनप्रतिनिधिहरुको चर्को आलोचन हुँदै आएको छ । बिभिन्न संघ संस्थाले अलपत्र बिकास निर्माणका काम सम्पन्न गर्न पछिल्लो समयमा तदारुकता देखाएका छन ।

Facebook Comments