घोराही, २ जेठ। निणर्य पुर्नस्थापना केन्द्रले लागू औसध दुर्ब्यसन बिरुद्ध विद्यालय स्तरमा सचेतना कार्यक्रम जारी राखेको छ । घोराही उपमहानगरपालिका वडा नंम्वर ७ सँगको सहकार्यमा निणर्य पुर्नस्थापना केन्द्र घोराहीले आयोजना मा लागु औसध बिरुद्ध दुई दिने सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । दुई दिने कार्यक्रम अन्तरगत पहिलो दिन वडाको विद्याकुन्ज मावी सौडीयार र दोस्रो दिन माबि सौडीयारमा सचेतना कार्यक्रम संचालन गरिएको थियो ।
केन्द्रका अध्यक्ष बिजय गिरिको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका परामर्शकर्ता बिष्णु ओली, मनोसमाजिक परामर्श कर्ता गोबिन्द अधिकारी र बिप्लर योगीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा करिव दुई सय विद्यार्थिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा मावी सैडियारका प्रधानाध्यपक गेनेन्द्र गौतम र विद्याकुञ्ज ईङ्गलिश् बोर्डिङ स्कुलका प्रधानाध्यपक रविन चौधरीले शुभकामना मन्तव्य राख्नु भएको थियो ॥


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।