• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चलचित्र विकास बोर्डले दाङमा बाल चलचित्र महोत्सव गर्ने




काठमाडौं । चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । बोर्डको मंगलबार बसेको बैठकले आगामी असार १, २ र ३ गते दाङमा बाल चलचित्र महोत्सव गर्ने निर्णय गरेको प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए ।

महोत्सवको संयोजकमा बुढाथोकीलाई तोकिएको छ। उक्त महोत्सवमा बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामूलक फिल्मको प्रदर्शनी हुनेछ। साथै,  फिल्मज्ञानसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवं फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगिता समेत हुने बुढाथोकीले बताए ।

महोत्सवमा ‘बालबालिकासँग भुवन केसी’ कार्यक्रमसमेत गरिने जनाइएको छ । बालबालिकामाझ फिल्मको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडि बढाउने,  फिल्म अभ्यास गराउने, बाल फिल्म क्लब गठन तथा सञ्चालनमा प्रोत्साहन गर्ने महोत्सवको उद्देश्य छ ।

Facebook Comments