• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ट्रक र मोटरसाइकल ठोक्किदा सल्यान बनगाडमा एक जना गम्भीर घाइते




नबिन पुन
सल्यान । सल्यानमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जना गम्भीर घाइते भएका छन्।

छिन्चु जाजरकोट सडकखण्ड अन्तर्गत सोमबार बिहान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न. – १, अम्रा स्थित नेपालगञ्जबाट जाजरकोटतर्फ जाँदै गरेको भे. १ ख. ३९१९ नं. को मालबाहक ट्रक र विपरित दिशाबाट आउँदै गरेको भे. १२ प. १९२ नं. को मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालक बनगाड कुपिण्डे बालुवासंग्रहिका अन्दाजी २१ बर्षीय सौरब शाही गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घाइते शाहीको टाउको , अनुहार , हात र खुट्टामा गम्भीर चोट लागी उपचारको लागी बाकेको नेपालगञ्जतर्फ रिफर गरिएको बताइएको छ ।

हाल दुबै सवारी साधन र ट्रक चालक बनगाड कुपिण्डे नगरपालिका ११ का ३४ बर्षीय खेमराज बुढालाई प्रहरी नियन्त्रणमा लगिएको र सवारी दुर्घटना हुनुको कारण खुल्न नसके र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

Facebook Comments