• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नारायणपुर महोत्सव : महोत्सवको दिन थपिएसँगै थपिए स्टल, बढ्यो रौनक




दाङ, २७ वैशाख ।नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा महोत्सवको दिन थप गरिएसँगै स्टलहरू पनि थपिएका छन् ।

नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा कृषि तथा व्यावसायिक स्टलहरू सञ्चालन भएका छन् । महोत्सव वैशाख २६ गते सकिने भनिए पनि २९ गतेसम्म सञ्चालन हुने भएपछि व्यावसायिक स्टलहरू थपिएका छन् ।
महोत्सवमा ३ वटा कृषिका स्टलहरू रहेका छन् भने एक सयबढी व्यावसायिक स्टल रहेका छन् । महोत्सवको समय थपिएसँगै दर्शकहरूको चहलपहल पनि बढेको छ ।

आज महोत्सवमा गायक गोविन्द मधुर आचार्यले प्रस्तुति दिएका छन् । गायक आचार्यको पछिल्लो चरणमा चलचित्र बुलाकीको नाच न सुवा तिमी नाचेकै सुहाउँछ बोलको गीतचर्चामा रहेको छ ।

गायक आचार्यले नाच न सुवा, कान्छीको रूमाल खस्यो पानीमा, चोली फाट्यो कि मेरो आमाको, मर्छु बरू छटपटीमा, तिम्रो भएन भने कसैको हुँदैन, जाउँला कान्छी जलजला र लगायतका गीतहरू प्रस्तुत गरेका थिए ।

साथै आज महोत्सवमा गायक शरद समीप, राजेश भण्डारी, चेतन केसी, राशी रिजाल, सालिक क्षेत्री, बिरा घर्ती तथा एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ, सीमा श्रेष्ठ र शालु सुनार प्रस्तुति रहेको सांस्कृतिक उपसमितिका संयोजक डिल्ली वलीले जानकारी दिएका छन् ।

भोलि बिहीबार चन्द्र शर्मा

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा भोलि बिहीबार चन्द्र शर्माको प्रस्तुति रहने छ ।

साथै भोलि महोत्सवमा शरद समीप, टोपेन्द्र विष्ट, पार्वती चौधरी, राशी रिजाल,सालिक क्षेत्री , बिरा घर्ती तथा एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ, सीमा श्रेष्ठ र शालु सुनार र डिएमएस डान्स ग्रुप नारायणपुरको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक वलीले जानकारी दिएका छन्

Facebook Comments