• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जनजागृति माविका तीन सय छात्रालाई सेनेटरी प्याड




घोराही । जनजागृति मा.वि लमडरुवा घोराहीका विद्यार्थीहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत तीन सय छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले विद्यालयमा कार्यक्रम आयोजना गरी छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको हो । केन्द्रका उपाध्यक्ष विष्णु गिरीको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक हुकुमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रधानाध्यापक बुढाथोकीले सर्जिकल प्याड भन्दा स्थानीयस्तरमा उत्पादित प्याड धेरै गुणस्तरीय भएको भन्दै यसलाई सबै विद्यालयमा पु¥याउन अनुरोध गर्नुभयो । छात्राहरुमा महिनावारी हँुदा विद्यालय छाड्ने समस्या अझै धेरै विद्यालयमा भएको भन्दै उहाँले समस्या समाधानका लागि अभियानले सहजता प्रदान गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल महिला सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष विष्णु गिरीले संस्थाले महिलाहरुको सामाजिक एवं आर्थिक सशक्तिकरण र बालबालिकाहरुको शिक्षा एवं स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको बताउँदै छात्राहरुलाई मनहिनावारीको समयमा हुने समस्या समाधानका लागि अभियानकै रुपमा निःशुल्क सेनेटरी प्याड वितरण गरिरहेको बताउनुभयो । उहाँले विद्यालयको अन्य विकासका लागि संस्थाले विद्यालयसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस अवसरमा विद्यालयमा अध्ययनरत तीन सय बढी छात्राहरुलाई महिला स्वरोजगार तालिम केन्द्रले उत्पादन गरेको पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका कार्यक्रम प्रमुख आर.के.शीतलले संस्थागत जानकारी दिनुभएको थियो भने प्याड प्रयोगबारे संस्थाका मनोविमर्शकर्ता लक्ष्मी ढकालले जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक बुद्धिराम शर्माले गर्नुभएको थियो ।

Facebook Comments