• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लमहीमा अटोले स्कूल बसलाई ओभरटेक गर्न खोज्दा दुर्घटना, तीन जना घाइते




दाङ, २६ बैशाख । लमही नगरपालिका–४ चैलाहीस्थित स्कुल बस र अटो एक आपसमा ठोकिदा तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा गढवा गाउँपालिका–६ गढवा बजार निवासी ७२ बर्षाीय नेपाली काग्रेसका जिल्ला सदस्य तथा वन बाताबरण संरक्षण समन्वय समिति गढवाका पूर्व अध्यक्ष उमाकान्त पन्त, गढवा गाउँपालिका–६ मधपुर निवासी वर्ष ४० का रवि विश्वकर्मा, सोही ठाउँ निवासी ७२ बर्षीय जुठी वली घाइते भएको प्रहरी जानकारी दिएको छ । विश्वकर्माको अवस्था सामान्य छ भने वली र पन्तलाई बढी चोट लागेको प्रहरीले बताएको छ ।

घाइते तीनै जना अटोमा लमहीतर्फ आउँदै थिए । मंगलबार बिहान ९ः३० बजेको समयमा गढवाबाट लमहीतर्फ आउँदै गरेको रा १ ह २१५४ नम्बरको अटोलाई सोही दिशाबाट लमहीतर्फ आउँदै गरेको प्रिन्स बोर्डिङ स्कुलको बा १ क ९०१० नम्बरको बसले ठक्कर दिंदा अटोमा सवार यात्रु सामान्य घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइतेको उपचार लमही अस्पताल भैरहेको छ भने ठक्कर दिने बस र चालकलाई लमही ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बसलाई अटोले ओभरटेक गर्न खोज्दा बसले ठक्कर दिएको प्रहरीले बताएको छ ।

Facebook Comments