• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गाईगाेरुमा फैलिदै `लम्पी स्किन´ रोग, उपचारमा सरकारको चासाे देखिएन




तेज वीर बिसी
राेल्पा । रोल्पामा पशु तथा गाईगोरुमा लम्पी स्किन नयाँ रोग फैलिएको  बारेमा स्थानीय सरकारले कुनै चासो नदिएको चौतर्फी गुनासो आउन थालेको छ । गाउँबस्तीमा किसानहरुकाे खेतीपातीकाे समयमा यतिबेला गाई गाेरु बिरामी भएर कतिपय गाई गाेरुहरुलाई उपचार गर्न भेटेनरी अस्पताल गाउँगाउँमा पुग्न नसकिरहेको जनताकाे गुनासो छ ।

त्यसै त राेल्पा तिर गाेरुकै भरमा खेत बारी जाेत्ने गरिन्छ तर याे परिस्थितिमा किसानहरु निकै चिन्तित बनेका छन् । राेल्पाकाे रुन्टीगढी गाउँपालिका ,राेल्पा नगर पालिका वडा नं. १० तथा विभिन्न ठाउँहरुमा राेग फैलिएको छ ।

याे राेग काे लक्षण गाेरु तथा पशु हरुकाे शरीरमा फाेकाफाेका हुने, खाना नखाने ,शरीर सुनिने जस्ता लक्षणहरु देखा परेका छन् । राेग नियन्त्रणमा स्थानीय सरकारले कुनै चासाे नदेखाएको स्थानीयहरुको गुनासो रहेको छ।

Facebook Comments