घोराही । नेकपा एमाले दाङका जिल्ला सदस्य जगत दर्लामी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । युवा संगठन नेपाल पूर्वी दाङको आयोजनामा सोमबार घोराहीको उद्योग वाणिज्य संघको सभाहलमा भएको ऎतिहासिक प्रथम जिल्लामा भेला दर्लामीले नेकपा एमाले पार्टी परित्याग गरी विप्लव नेकपामा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्दै नेकपा एमाले जिल्ला सदस्य जगत दर्लामीले आफू हिजो प्रतिबन्धको बेलामा पनि यो घरमा फर्किन चाहेको बताए । उनले त्यतिबेला त्यो अनुकूल मिल्न नसकेको भन्दै अहिले आफ्नो घरमा प्रवेश गर्न पाउँदा धेरै खुशी भएको कुरामा जोड दिए । युवाका मुद्दा, दलितका मुद्दा उठाउन धेरै संघर्ष गर्न खोज्दा पार्टीभित्र विभेद भएको भन्दै उनले एमालेले जनतालाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्दै गर्दा आफ्नो मनले नमानेको र यो घरको खोजीमा रहेको समेत बताए ।
जिल्ला कमिटी सदस्य जगतले पार्टीले के दिन्छ भन्दापनि हामीले पार्टीलाई के दिन्छौ भन्ने कुरा मुख्य रहने भन्दै अप्ठ्यारोमा पार्टीले पनि साथदिनु पर्ने तर, माओवादी केन्द्रमा हुँदा त्यो साथ नपाउँदा आफूले धेरै पीडा भोग्नुपरेको र एमाले पार्टीभित्र जातीय विभेद धेरै भएको र जनयुद्धलाई अपमान गर्ने गरेको कुरामा जोड दिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
