• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
स्थानीय सरकारको शिक्षा माथि राजनीति ‘नाम नमूना विद्यालय, काम कार्यकर्ता भर्ती’




दाङ– घोराही उपमहानगरपालिकाले चालु शैक्षिक सत्र २०८० देखि लागुु हुुने गरी ‘एक वडा एक नमूना विद्यालय’ शैक्षिक कार्यक्रम थालनी गरेको छ । जसमा उपहानगरपालिका भित्र रहेका १देखि १९ नम्वर वडासम्मका प्रत्येक वडाका १/१ वटा सामुुदायिक विद्यालय गरी १९ वटा सामुदायिक विद्यालय छनौट गरिएको छ ।

उपमहानगरपालिकाले नमूना विद्यालय निर्माणमा भन्दा पनि कार्यकर्ता व्यवस्थापनका लागि योजना सुरु गरेको देखिन्छ । घोराही उपमहानगरपालिका शिक्षा ऐन २०७५ (पहिलो संसोधन) को दफा २० –क) उपदफा (१) मा व्यवस्था भए बमोजिम उपमहानगरपालिकाको कार्यपालिका बैठकले मनोनित गरेको १ जना महिला सहित ३ जना विद्यालय व्यवस्थापन समिति सदस्य मनोनयन गरेको छ । जसले नमूना विद्यालय निर्माणभन्दा पनि नमूना विद्यालयको नाममा कार्यकर्ता भर्ती गरेको देखिन्छ ।

उपमहानगरपालिकाले छनौट गरेको १९ वटा सामुुदायिक विद्यालय मध्ये स्थानीय शिक्षा ऐन २०७५ (पहिलो संसोधन) को दफा २० को उपदफा १ बमोजिम घोराही उपमहानगरपालिका वडा नं. १ को आधारभूत विद्याय सिमलतारा पूर्ण बहादुर मल्ल, कमला परियार र टोप बहादुर राना, वडा नं. २ को गौरी बबई निमुुरिया इमानसिंह केसी, रत्नी चौधरी र गिर बहादुर केसी, वडा नं. ३ सरयूू आधारतभूत विद्यालयमा हिमा खत्री, पार्वती सुवेदी र लोकबहादुर खत्री , आधारभूत विद्यालय सुनपुरमा कुुलबहादुर कामी, दामोदर अधिकारी र पुुष्पा शर्मा पोख्रेल रहेका छन् ।

त्यस्तै घोराही उपमहानगरपालिका वडा नं. ५ महेन्द्र आ.वि दलजितपुर झगेन्द्र बस्नेत, घनश्याम केसी र बिसन चौधरी , वडा नं. ६को जनकल्याण प्रावि लखुवार प्रविण वली, अविन चौधरी र रेखा केसी, वडा नं. ७ रात्री प्राविक शुुक्रवारमा सुरेश चौधरी, अमर चौधरी र सरस्वती चौधरी, वडा नं. ८ नेपाल राष्ट्रिय आ.वि दुन्द्रामा बलबहादुर चौधरी, रमादेवी चौधरी र श्रीधर घिमिरे , वडा नं. ९ को प्रावि मकुन्डाडाँ अस्परीमा नारायण रावत, लक्ष्मी हरिजन र होम बहादुर डाँगी वडा नं. १० को नवोदय बालकल्याण आवि अमराई शिव श्रेष्ठ, सिता चौधरी र हरिकला बि.क. वडा नं. ११ प्राविक शिवपुरमा मणिभद्र गौतम, यमकली घर्ती र बिमल नेपाली रहेका छन् ।

त्यस्तै वडा नं. १२ मावि रतनपुरमा सुरेश गौतम, अमर बहकारी र दुुर्गा कुमारी वली, वडा नं. १३ बराहक्षेत्र मावि केशव गिरी, स्मृति बुढामगर र लिलाधर स्वर्णकार , वडा नं. १४ बालविकास मावि खड्ग बहादुर केसी, इश्वर बहादुर बुठा र शुसिला चौधरी, वडा नं. १५ को सरस्वती मावि काठेकोहल विवेक श्रेष्ठ, बुद्धि पौडेल र बिष्णा कालाथोकी, वडा नं. १६ प्रावि सानी अम्वापुर पगर बहादुर बस्नेत, मान बहादुर डिसी र पदमा चौधरी , वडा नं. १७ प्रावि भैसाही तुलप्रसाद घिमिरे, श्रीधर योगी र निमा कुमार बुढाथोकी , वडा नं. १८ अम्विकेह्वरी आ.वि बेलघारी किशोर पौडेल, अर्जुुन पन्थी र बिमला रावत र वडा नं. १९ भगवती मावि सैघा शिवराज घर्ती, डिम्वर बहादुर रावत र जानका पुन मगर रहेका छन् ।

 

नमूना विद्यालयको नाममा उपमहानगरपालिकाले कार्यकर्ता व्यवस्थापन र नेतृत्व निर्माणको थलो सामुदायिक विद्यालय बनाउन खोजेको आरोप उपमहानगरपालिका छ । मेयर उपमेयरले वडाध्यक्षहरु उपस्थिती बिना नै एकलौटी निर्णय गरेको घोराही उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रमेश कुमार पाण्डेल बताए । उनले भने– ‘ मेयर उपमेयर र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले एकलौटी रुपमा गरेको निर्णय हो । विद्यालय छनौट देखि व्यवस्थापन समितिको सदस्य मनोनित नाम समेत नेकपा एमालेकै पार्टी कार्यकर्ता हुन् । ’ घोराही उपमहानगरपालिका मेयर उपमेयर सहित नेकपा एमाले १४ वटा वडा जितेको छ , नेपाली काँग्रेस ४ र नेकपा माओवादीले १ वटा वडा मात्रै जितेको छ । जसका कारण बहुुमतका आधारमा उपमहानगरपालिका प्रमुखले एकलौटी निर्णय गरी सामुदायिक विद्यालयलाई कार्यकर्ता भर्ती केन्द्र बनाएको वडाध्यक्ष पाण्डेले बताए ।

कार्यकर्ता व्यवस्थापनका लागि उपमहानगरपालिका प्रत्येक विद्यालयको अभिभावकहरुको अधिकार समेत च्युत गरेको उनको आरोप छ । उनले थपे– ‘ ३ जना उपमहानगरपालिका १ जना नगर शिक्षाले उपमहानगरपालिकाले ४ जना सदस्य पठाउछ, विद्यालय व्यवस्थापन समिति ७ जनाको हुन्छ । अनि त्यो के नमूना विद्यालयका नाममा राजनीति भर्ती केन्द्र भएन र ?’ नमूना विद्यालयका व्यवस्थापन समितिको सदस्यका उपमहानगरपालिकाले मनोनित गरेका ३ जना सदस्यहरु नेकपा एमालेको वडादेखि जिल्ला कमिटी जिम्मेवारी रहेका छन् ।

तर स्थानीय सरकारले आफैले विद्यालय माथि राजनीतिक हस्तक्षेप गर्न खोजेको आरोप उनको छ । स्थानीय सरकारले आफैले नियम मिच्दै आफैले सामुुदायिक विद्यालयमा माथि राजनीतिक रजाई गर्न खोजिरहेको उनीले बताउछन् ।

Facebook Comments