• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुन्टीगढीका ९ वटै वडा पूर्णखोप सुनिश्चित घोषणा




कमल खड्का
होलेरी । रुन्टीगढी गाउँपालिकाको वडा नम्बर ७ मा पनि आइतबार पूर्णखोप वडा सुनिश्चितता घोषणा भएको छ । “स्थानीय स्वामित्व र सहभागिता पूर्णखोप वडा सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ पूर्णखोप सुनिश्चितता घोषणा भएको हो ।

रुन्टीगढी गाउँपालिका वडा नं ७ मा रहेका १३६ जना बालवालिकालाई सम्पुर्ण खोप लगाएपछि यस वडालाई पुर्ण खोप वडा घोषणा गरिएको हो । यस वडासँगै रुन्टीगढी गाउँपालिकाका सम्पूर्ण वडामा पुर्ण खोप वडा सुनिश्चितता घोषणा भई सकेका छन् ।No description available.

शिशुले लगाउनु पर्ने सम्पुर्ण खोप लगाइ सकेपछि पुर्ण खोप वडा घोषणा गरिन्छ ।सोही अनुरुप रुन्टीगढी का ९ वटै वडामा पुर्ण खोप वडा घोषणा भएको हो । वडा सचिब रमेश वलीको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमलाई ब्यानर पढेर प्रमुख अतिथि एवं रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले उद्घाटन गर्नु भएको थियो ।No description available.

शिशुलाई १२ प्रकारको खोप गर्भवती महिलालाई पाठेघर क्यानसरबाट बचाउन १ गरि १३ प्रकारको खोप लगाएपछि पूर्णखोप भएको मान्यता हुने गर्दछ । रुन्टीगढी वडा नम्बर ७ मा तीन खोप केन्द्रबाट खोप दिँदै आएको सि अनमी जुनकुमारी घर्ती जानकारी दिनुभयो ।

बलवाङ केन्द्रबाट १५ गते लेकधावाङ केन्द्रबाट १६ गते र स्वास्थ्य चौकी झेनाम बाट १७ गते दिइदै आएको छ । झेनाम स्वास्थ्य चौकीको आयोजनामा भएको कार्यक्रममा प्रतिबद्धता पत्र पढेर कार्यक्रमका अध्यक्षता गर्नु भएका वडा नम्बर ७ का अध्यक्ष टेक लाल पुनले गर्नु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन रहनु भएको थियो । अतिथिहरुमा स्वास्थ्य शाखा प्रमुख गणेश बुढा, वडा नम्बर ७ का निर्वतमान अध्यक्ष जंग बहादुर घर्ती,वडा सदस्यहरु राम बहादुर रेउले,चन्द्र बहादुर पुन, सावित्रा बुढा, वसन्ती सुनार, झेनाम स्वास्थ्य चौकी व्यवस्थापन समिति सदस्य देबिका घर्ती अहेव भिम सेन बुढा रहनु भएको थियो ।

कार्यक्रममा आमा समूह स्वास्थ्य स्वयमंसेवीका लगाएत स्थानीहरुको सहभागिता रहेको थियो । कार्यक्रम वडा नम्बर ७ को वडा हलमा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण झेनाम स्वास्थ्य चौकीका प्रमुख त्रिपुरा थापाले गर्नु भएको थियो ।

Facebook Comments