घोराही । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी पूर्वी दाङको प्रथम भेला सम्पन्न भएको छ । संघको आयोजनामा शनिबार घोराहीमा रहेको राप्ती इन्जिनियरिङ कलेजमा उक्त भेला सम्पन्न भएको हो ।
उक्त भेलाले दुई जनापछि थप गर्ने गरि रमिता सीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी सदस्य चयन गरेको छ । जसको उपाध्यक्षमा सीता सी, सचिवमा मनिषा, सह- सचिवमा सिन्धु र कोषाध्यक्षमा कृष्णी सी लगायत चयन भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सीले नवनिर्वाचित जिल्ला कमिटीलाई बधाई मन्तव्य दिँदै महिलाको हक र अधिकारको लागि यो संगठनले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
