• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
शैक्षिक गुणस्तर अभिवृद्धि विषयक अभिमुखीकरण कार्यक्रम




घोराही । राप्ती इन्जिनियरीङ कलेज दाङमा व्याचुलर तर्फ विई सिभिल र विसिए कार्यक्रममा स्पीङ २०२२ मा अध्यापन गराउने प्राध्यापकहरुको लागि शैक्षिक गुणस्तर अभिवृद्धि विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कलेजको आयोजनामा आज शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

राप्ती इञ्जिनियरीङ कलेजका व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीको अध्यक्षतामा भएको कायक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय घोराहीका ई. नुटन आचार्यले सहजीकरण र प्रस्तुतीकरण शैली, सहजकर्ता, सहजीकरण प्रक्रिया, सहजकर्ताको भूमिका, सहजीकरण शैली, विभिन्न प्रकारका सहभागीहरूसँग गरिने व्यवहारको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

कलेज व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले प्रभावकारी शिक्षणमा कक्षाकोठाको सिकाई व्यवस्थापन, उपयुक्त शिक्षण विधिको छनोट, कक्षाकोठाको बसाई व्यवस्थापन, विद्यार्थीहरुप्रति प्राध्यापकको व्यवहार, सबैलाई सहज र समान अवसर, कक्षाकोठालाई प्रगोगशालाको रुपमा विकास, स्पष्ट निर्देशन र सहजीकरण, सकारात्मक अभिव्यक्ति र सामुहिक भावना, सामुहिक निर्णय कार्यान्वयनको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

कलेजका प्रिन्सिपल रेशम गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कलेजका निर्देशक मधुसुदन बैद्यले गर्नुभएको थियो ।

 

Facebook Comments