• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वर्षा बाख्रापालनमा बाख्रा धमाधम मर्दै




दाङको बंगलाचुली गाउँपालिका वडा नं. ५ मुर्कुटीमा सञ्चालित वर्षा बाख्रापालन तथा कृषि फर्ममा बिगत १० दिनदेखि बाख्राहरु बिरामी भई धमाधम मर्न थालेको छ । अहिलेसम्म १२/१५ वटा बिरामी र २० वटा मरिसकेको फर्मका सन्चालाक शरद जित वलीले सिस्ने अनलाइनलाई जानकारी दिनुभयो । एकोहोरो हुने, घास नखाने , फनफनी घुम्ने, टाउको फुलाउने लक्ष्यण देखेको छ ।

उक्ता घटना बंगलाचुली गाउँपालिका पशु सेवा शाखालाई जनाकारी गरेपछि जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङसँग सहकारी गरी डाक्टरहरू बुधबार उपस्थितिमा बिरामी बाख्राहरुको उपचार रगत संकलन तथा पोस्टमार्टम गरी विभिन्न अंगहरु संकलन गरी प्रयोगशालामा पठाएको छ ।

रोग अहिले एकिन नभएपनि खानाको कारणले हुन सक्ने इनटेरोक्सिमिया रोगसँग मिल्दोजुल्दो लक्षण देखिएको र थप कुरा रिपोर्ट पछि मात्र भन्न सकिने जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले सिस्ने अनलाइनलाई बताएको छ ।

Facebook Comments