• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दिनानुदिन बढ्दै महोत्सवको रौनक, आज आठौं दिन ज्योतीसँगै झुमे दर्शक




दाङ, २१ वैशाख । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ को रौनक दिनानुदिन बढ्दै गएको छ । नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा आज बिहीबार पनि दर्शकले महोत्सवबाट मनोरञ्जन लिएका हुन् ।

आज आठौं दिन लोक गायिका तथा मोडल ज्योती मगरसँगै दर्शकहरूले साङ्गीतिक मनोरञ्जन लिएका छन् ।
लोक गीतका क्षेत्रमा अब्बल गायिकाका रूपमा स्थापित भएकी गायिका मगरले पिरतीमा दम छ, दोहोरीमा र्याप, उही मुलाको सिन्की, कान्छी मुसुक्कै पैसा भुसुक्कै, चट्ट मुटु जोडेर हाँस, ढाडे बिरालो लगायतका गीत प्रस्तुत गरेकी हुन् ।

साथै आज महोत्सवमा गायक यागेश्वर बस्नेत, सुदन थापा, मिलन बुढा भीम, राजकुमार वली, काशीराम केसी, बिमला खड्का, हुमबहादुर डिसी, सीता भण्डारी, लिलाबहादुर बस्नेत, राशी रिजालको प्रस्तुतिसँगै एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ र सीमा श्रेष्ठको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक डिल्ली वलीले जानकारी दिएका छन् ।

एकल लोक नृत्य प्रतियोगिता सुरू

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ आजदेखि एकल लोक नृत्य प्रतियोगिता सुरू भएको छ । आज पहिलो दिन प्रतियोगितामा आठ जनाले प्रस्तुति दिएका छन् । आजको भएको पहिलो चरणको प्रतियोगितामा सन्ध्या राना, सरिष्मा घर्ती, लक्ष्मी बिक, नबिना डाँगी, रिमा थापा, मनसरी राना, लक्ष्मी छिनाल र मञ्जरी नेपाली सहभागी भएका थिए । आज भएको पहिलो चरणको प्रतियोगिताबाट चार जना छनौट भएका छन् । छनौट हुनेमा सन्ध्या राना, सरिष्मा घर्ती, लक्ष्मी बिक र नबिना डाँगी रहेका छन् । प्रतियोगितामा छनौट भएका प्रतियोगीहरू दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

भोलि शुक्रबार पशुपति शर्मा

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा भोलि शुक्रबार पशुपति शर्माको प्रस्तुति रहने छ ।

साथै भोलि महोत्सवको नवौं दिन गायक यागेश्वर बस्नेत, राशी रिजालको प्रस्तुतिसँगै एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ र सीमा श्रेष्ठको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक वलीले जानकारी दिएका छन् ।

Facebook Comments