• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्युतीय शासनमा सुरक्षा चुनौती विषयक अन्तरक्रिया




घोराही । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा क्यान महासंघ दाङले बुधबार विद्युतीय शासनमा सुरक्षा चुनौती विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्यान महासंघ नेपालका निवर्तमान केन्द्रिय उपाध्यक्ष रेशम गिरीले डाटा सुरक्षामा थुप्रै चुनौतीहरु रहेको उल्लेख गर्दै सरकारले प्रयोगकर्ताहरुमा सचेतना, सेक्यूरिटी फाइरवालको जडान र डाटा सेन्टरमा दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सतर्कता अपनाए सम्भावित चुनौतीहरुलाई न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

क्यान महासंघ दाङका अध्यक्ष माधव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अथितिहरु शिशिर पौडेल र ई. बाबुराम जोशीले सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यापक बनाउनुपर्ने बताउनुभयो । क्यान महासंघ दाङका निवर्तमान अध्यक्ष कर्णबहादुर पुन मगरको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव विश्वबन्धु थापाले गर्नुभएको थियो ।

 

Facebook Comments