• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा करेन्ट लागेर शिक्षकको मृत्यु, दुई जना विद्यार्थी घाइते




दाङ / दाङको तुलसीपुरमा करेन्ट लागेर एक जना शिक्षकको मृत्यु भएको छ , भने थप दुई जना घाइते भएका छन् । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ घर भइ तुलसीपुरमा जापनिज भाषा पढाउँदै आएका २८ बर्षीय महेश बिकको बुधबार बेलुकी करेन्ट लागेर मृत्यु भएको हो ।

बेलुका ६ बजेतिर तुलसीपुर उपमहागरपालिका वडा नं. ६ स्थित बिद्युत कार्यालय नजिकै कार्यलयको बिज्ञापन बोर्ड फेर्ने क्रममा बिकलाई करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।

गम्भीर अवस्थाका बिकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए । उनले तुलसीपुरमा जापानिज भाषा पढाउँदै आएका थिए । सोही अफिसमा बिज्ञापन बोर्ड स्थापना गर्ने क्रममा बिकलाई करेन्ट लागेको प्रहरीले बताएको छ ।

त्यस्तै करेन्ट लागेर पुथा – १२ कक्शेरा फल्नेका १६ बर्षीय अर्जुन बिक र भूमे गाउँपालिका – ४ काँडाकी १८ बर्षीया मोनिका बिक घाइते भएका छन् ।

उनीहरु दुबै जनालाई थप उपचारका लागि बाँकेको नेपालगंजस्थित नरसिंह होमका लागि रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु सबै तुलसीपुर – ६ मै डेरा गरि बस्दै आएका थिए । उनीहरुले पुरानो बिज्ञापन बोर्ड झिकेर नयाँ जडान गर्न थाल्दा करेन्ट लागेको थियो ।

Facebook Comments