• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गढवाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई, सेवालाई थप प्रभावकारी बनाइँने




आलोक भावुक
गढवा / दाङको गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम बुधवार गढवामा सम्पन्न भएको छ।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको दोस्रो चौमासिक सार्वजनिक सुनुवाईमा कार्यक्रममा बोल्ने बोल्ने वक्ताहरूले गाउँपालिकाले प्रवाह गर्ने सेवामा देखिएको समस्या सुधार गर्नुको साथै पालिकामा भैरहेको कामकाजलाई नियमसंगत र समयमा गर्न सुझाव दिएका छन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो गुनासो तथा सुझाव राख्दै राजनितीक दलका प्रतिनिधी तथा सेवाग्राही नागरिकहरुले गाउँपालिकाले प्रदान गर्दै आएको सेवामा थप प्रभावकारीता दिनुपर्ने, विकाश निर्माणका कामहरु, पालिकाको विभिन्न शाखाबाट दिने सेवाहरु, कक्षा आठको प्रकाशित नतिजाले शिक्षामा देखिएको समस्या, पालिकाबाट सञ्चालन भैसकेका र सञ्चालित कार्यक्रमहरुको बारेमा सुझबुझका साथ सार्थक र उपलब्धि मुलक भए नभएको वारे मुल्यांकन गरी सेवा प्रवाह गर्न सुझाव दिएका छन् ।

त्यसैगरी गुनासो राख्ने वक्ताहरूले गाउँपालिकाले प्रदान गर्दै आएको सेवामा थप प्रभावकारिता दिनुपर्ने, शिक्षा क्षेत्रमा गाउँपालिकाले लगानी गरेअनुरूप प्रतिफल प्राप्तीका लागि गुणस्तरियतामा कडाई गर्नुपर्ने, सर्पदंश उपचार केन्द्रलाई थप प्रभावकारी बनाउनुपर्ने, जन प्रतिनिधि तथा सरकारी कर्मचारी, शिक्षकहरुको बाल बच्चा सामुदायिक विध्यालयमा पठाउनु पर्ने, गढवा बजारमा चोक चोकमा सिसिटिभी क्यामेरा र बत्ति जडान गर्नु पर्ने, गढवा कालाकाटे बाटो यथासिघ्र बनाउनु पर्ने, गढवा गाउँपालिकाको बिज्ञापन सुचना स्थानीय/जिल्लाका पत्रपत्रिका सञ्चार माध्यमबाट प्रकाशित प्रसारित गर्नु पर्ने, किसानल्ई समयमा मलखाद र बिउबिजनको व्यवस्थापन गर्नु पर्ने, योजनाहरु छनोट गर्दा तथा उपभोक्ता समिति गठन गर्दा टोलभेलाहरु राख्नुपर्ने,वडा अध्यक्षहरुले वडा कार्यालयमा समय दिनुपर्ने,फोहर ब्यवस्थापन र बसपार्क ब्यवस्थापनमा दिर्घकालिन निकास निकाल्नुपर्ने, सर्पदंश उपचार केन्द्रमा आवश्यक जनशक्ति सहित भेण्टिलेटर सुचारु गरिनु पर्ने र सरकारी बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ठोस योजना सहित नियमन तथा अनुगमनको पाटोलाई प्रभावकारी बनाउनुपर्ने लगाएतको सुझाव सुझाएका थिए।

सार्बजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञाशा तथा सवालहरुको जवाफ दिदै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गाउँपालिकाको सेवा प्रवाह र कार्य चुस्ततालाई थप प्रभावकारी बनाउनाफु निरन्तर लागेको बताउनुभयो। नदीजन्य पदार्थको चोरी निकासीलाई नियन्त्रण गरि राजश्व संकलनमा जोड दिने ,बेरुजु कम गर्दै लैजाने,सबै वडाहरुमा नागरिक वडापत्र र उजुरी पेटिका तत्काल ब्यवस्थापन गर्ने र सर्पदंश उपचार केन्द्रमा आवश्यक जनशक्ति सहित भेण्टिलेटर प्रयोगमा ल्याउने लगाएतको कार्यमा लागेको बताउनुभयो। गढवामा कृषि र पशुपालन मार्फत रोजगारी सृजना गर्ने तर्फ ठोस कार्यक्रम बनाइ रहेको र पालिकाको सुचना समाचार प्रकाशित प्रसारित गर्नका लागि स्थानीय मिडियाहरु प्रयोग गर्ने ,स्थानीय पाठ्यक्रम लागु गर्ने, ,किसानहरुलाई मलखाद, बिउबिजन समयमा उपलब्ध गराई कृषि उपज संकलन केन्द्र,सित भण्डार र कृषि एम्बुलेन्सको ब्यवस्थापन गर्ने, शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरोकारवाला निकायसंग सहकार्य गरेर सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले समृद्ध गढवा गाउँपालिका बनाउन सबैकोसाथ सहयोग आवश्यक रहेको बताउनुभयो। आफु न्यायिक समितिमा बसेर सत्य तथ्यको आधारमा न्यायिक फैसला गर्ने गरेको बताउनु भयो ।

गढवा गाउँपालिकाको हरेक गतिविधिमा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखहरु र सेवाग्राहीहरुको साथ शहयोग र सुझावका आधारमा थप सेवा प्रभावकारी बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

सार्वजनिक सुनुवाइ कार्यक्रम गढवा गाउपालिकाका उपाध्यक्ष शारदा चौधरी, आशिष चौधरी,वडा अध्यक्षहरु गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारी, २ नम्बर वडाध्यक्ष भक्तु चौधरी , ३ नम्बर वडाध्यक्ष तुलसि राम अधिकारी, ४ नम्बर वडाध्यक्ष हरि भगत चौधरी, ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा,६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगर, ७ नम्बर वडाध्यक्ष राहुल देव चौधरी र ८ नम्बर वडाध्यक्ष अब्दुल खलिक सिद्दिकिको उपस्थिति रहेको थियो। त्यसैगरी गढवा गाउँपालिकाका विभिन्न बिषयगत शाखा प्रमुख ,वडा सचिव,कार्यपालिका सदस्य,राजनैतिक दल,शिक्षा प्रेमि,संघसंस्थाका प्रतिनिधि तथा सेवाग्राहिहरुको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा आएका प्रश्नहरुको जवाफ गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी र बिषयगत शाखाका प्रमुखहरुले दिनु भएको थियो ।

दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाली काङ्ग्रेसका पोषणराज शर्मा, नेकपा एमालेका मधा न्यौपाने,नेकपा माओवादी केन्द्रका देवराज यादव,राष्ट्रिय जनमोर्चाका कपिलदेव खनाल,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा,देउखुरी साहित्य मञ्चका अध्यक्ष हरि पोख्रेल, समाजसेवी युवराज पोख्रेल, समाजसेवी चित्रबहादुर रावत क्षेत्री ,हर्ट फाउण्डेशन दाङका अध्यक्ष रविलाल आचार्य,रेडक्रसका सभापति दयाराम यादव,जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादव, शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल विकास रजौरे,देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाकी अध्यक्ष ओभा पाठक,ब्यवसायि होमराज रिजाल, कृष्ण पन्थी र टुकलाल पोख्रेल लगायतले जिज्ञासा तथा सुझाव राख्नु भएको थियो ।

गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुख हरण यादव, पत्रकार शिवराज पन्थी, सपना पौडेलले गर्नु भएको थियो ।

Facebook Comments