• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गाउँपालिका अध्यक्षको पारिश्रमिकबाट बिपन्नको घर निर्माणमा सहयोग




दाङ, २१ वैशाख । दाङकाे राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफूले प्राप्त गर्ने सेवा सुविधा बापतको रकमबाट पालिकाका एक अति विपन्न परिवारलाई घर निर्माणको लागि आर्थिक सहयोग गर्नुभएको छ।

पालिकाकाे वडा नं ३ स्थित नयाँबस्तीमा बस्ने मृगौला राेगी तथा अति विपन्न उमेश घर्ती मगरलाई घर निर्माणमा सहयाेग गर्ने उदेश्यले पालिका अध्यक्ष बिष्टले तीस हजार रुपैयाँको चेक प्रदान गर्नु भएको हाे। बिष्ट नेकपा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ ।

त्यस्तै उमेश घर्ती लाई प्रदेश पुर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पाेख्रेलले तीन हजार र राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली दुई हजार नगद सहयोग गर्नु भएको छ भने निर्माण समाजसेवी गन्ज बहादुर विष्ट, तुला गिरी,झग्गु अधिकारी र सरद गिरीले फर्निचरका सामाग्री लगाय ढुङ्गा ,बालुवा ,गिट्टी सहयोग गर्नु भएको छ।

घर्तीको घर निर्माणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले श्रमदानसमेत गरेका छन् ।

Facebook Comments