दाङ / उच्च अदालत तुुलसीपुरले घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र नगर शिक्षा समिति बिरुद्ध अन्तरिक आदेश जारी गरेको छ ।
उपमहानगरपालिकाले यही चैत ८ गते गरेको शिक्षा ऐन २०७५ को दफा ३१ तथा सोही ऐनको शिक्षा नियमावली २०७६ को नियम २५ को व्यवस्था र सोही नियमाावली २०७६को नियम ४९ को सरुवा सम्वन्धी निर्णय सुविधा सन्तुुलनको हिसावले अव्यवहारिक देखिएकोले तत्काल कार्यन्वयन नगराउन अन्तरिम आदेश जारी गरेको छ ।
उच्च अदालत तुुलसीपुुरका न्यायधीश बबिता उप्रेती र राजुराम सिलवालको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो ।
पद्यमोदय पब्लिक नमूना मावि भरतपुुर दाङका प्रावि तहका शिक्षक तर्क बहादुुर बस्नेत, गिरिराज डाँगी लगायतका ६जना शिक्षकहरुले घोराही उपहानगरपालिका प्रमुख नरुलाल चौधरी र नगर शिक्षा समितिलाई विपक्ष बनाई दिएको निवेदनमा उच्च अदालत तुलसीपुरले विपक्ष घोराही उपहानगरपालिका प्रमुख नरुलाल चौधरी र नगर शिक्षा समिति उक्त निर्णय कार्यन्वयन नगराई यथास्थितीमा राख्ने आदेश गरेको हो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
