• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा ९२ हजार नगदसहित सात जुवाडे पक्राउ




घोराही, २० बैशाख । दाङमा होटेलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९२ हजार बढी नगदसहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटेल संचालकसहितका सात जना रहेका छन् ।

घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थीत स्युजाली होटल एण्ड लजमा अबैध जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधवार राती ९२ हजार दुई सय ७० रुपैया नगदसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ ।

‘अवैध रुपमा पैसाको हारजित हुनेगरी जुवा खेलिरहेको भन्ने गौप्य सुचनाका आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीलाई नगदसहित पक्राउ गरेको हो’,प्रहरी नायव उपरीक्षक गौतमले भन्नुभयो,‘उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धानको काम भैरहेको छ ।’

पक्राउ पर्नेमा होटल संचालक घोराही उपमहानगरपालिका–१७ निवासी ४६ बर्षीय माधव गैरे, बंगलाचुली गाउँपालिका–४ निवासी २८ बर्षीय माधव खड्का, सोही ठाउँ निवासी २८ बर्षीय ताराप्रसाद न्यौपाने, बंगलाचुली–२ निवासी ३२ बर्षीय भरत घर्तीमगर, बंगलाचुली–६ निवासी ३४ बर्षीय पुषक अधिकारी, सोही ठाउँ निवासी ३४ बर्षीय दिबाकर वली र घोराही उपमहानगरपालिका–१५ निवासी ३० बर्षीय नारायणप्रसाद वली रहेका छन् ।

उनीहरुलाई सात दिनको म्यादगरी थप अनुसन्धानको कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

Facebook Comments