• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वको सिस्नेरीमा सामाजिक अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम




निराजन सिर्पाली / रुकुमपूर्वकाे सिस्ने गाउँपालिका वडा नम्वर ७ सिस्नेरीमा आधारभुत सुरक्षा,कानुन र सामाजिक अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हिजो सोमबार जिल्ला प्रहरी कार्यक्रम रुकुमपूर्वकाे मातहतकाे अस्थायी प्रहरी पोष्ट धपे रुकुम पूर्वले सिस्ने गाउँपालिका वडा नम्वर ७ सिस्नेरी बजार स्थित स्थानियहरुको सहभागितामा “आधारभुत सुरक्षा, कानुन र समाजिक अपराध सम्बन्धी” सचेतनामूलक कार्यक्रम गरेकाे हाे ।

समाजमा हुने सामान्य तथा आधारभूत सुरक्षा कानुन तथा सामाजिक अपराध सम्बन्धि सचेतना मुलक कार्यक्रम गरिएको छ । प्रहरीले पछिल्लो समयमा समाजमा हुने विभिन्न सामाजिक अपराध सम्बन्धि अभियानकै रुपमा यस्ता कार्यक्रमलाई निरन्तर दिदै आयको हाे ।

कार्यक्रममा स्थानिय महिला युवा तथा समाजका अगुवा हरुकाे उपस्थिति रहेकाे थियो । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सबै नागरिक सजक र कानुनी कुराहरुकाे पहुँचमा पुगून् भन्ने उदेश्यले उक्त कार्यक्रम गरेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जनाएको छ ।

Facebook Comments