• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जनप्रिय स्कूलमा जनचेतनामूलक ट्राफिक सचेतना कार्यक्रम




तुलसीपुर । दाङको तुलसीपुर – २ बालापुरमा रहेको जनप्रिय इङ्लिस स्कुलमा एक कार्यक्रमकाबीच बढ्दाे सडक दुर्घटना र न्यूनीकरणका उपायहरु विषयमा जनचेतनामूलक ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ।

इलाका ट्राफिक कार्यलय तुलसीपुरका प्रमुख तीर्थ भुषाल र तुलसीपुर बागर सडकखण्डका ट्राफिक इन्चार्ज डिल्लीराज आचार्यले विद्यार्थीलाई बढ्दाे सडक दुर्घटना र न्यूनीकरणका विषयमा श्रव्य र दृश्य माध्यमबाट प्रकाश पार्नुभएकाे थियाे । कार्यक्रममा कक्षा ६ देखि १० सम्मका करिब १९० छात्र / छात्राकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रमकाे सहजीकरण विद्यालयका शिक्षक अङ्कित आचार्यले गर्नुभएको थियाे भने प्रशिक्षक ट्राफिक प्रहरीद्वय तीर्थ भुषाल र डिल्लीराज आचार्यलाई विद्यालयका प्राचार्य प्रकाश कुमार शर्माले खादा उडाएर स्वागत गर्नुभएकाे थियाे ।

Facebook Comments