• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राजपुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न




सपना पौडेल
राजपुर, १९ बैशाख। राजपुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । राजपुर गाउपालिकाको जनज्योति माध्यामिक विद्यलयमा हिजो शनिबार दांत,मुख गिजा तथा आँखाको नि:शुल्क जांच, औषधी बितरण तथा परामर्श सेवा कार्यक्रम सम्पन्न भएको हो ।

राजपुर गाउपालिकाको आयोजना र आधुनिक समाज डेन्टल केयर बुटवलको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा बोल्दै राजपुर गाँउपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि शरद बुढाथोकीले दांत,गिजा मुख तथा आंखाको उपचार तथा परामर्श सेवा पालिका भरिको सबै विद्यालयमा आयोजना गरि बिद्यार्थीको स्वास्थ्यमा सुधार गरिने बताउनुभयो ।

त्यसै गरि राजपुर गाउपालिका वडा नं २ का वडा अध्यक्ष तथा कार्यक्रमका बिशिष्ट अतिथि ओम प्रकाश यादवले स्वास्थ्य शिविरमा प्राबिधिक सहयोग गरि बिद्यार्थी तथा जेष्ठ नागरिकको स्वास्थ्य प्रति जागरुकता देखाएको आधुनिक समाजको सम्पुर्ण टिम तथा गाउपालिका परिवारलाई धन्यवाद प्रकट गर्दै समय-समयमा यस्ता कार्यक्रमको आयोजना गरिरहनु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य ब्यक्त गर्दै जनज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक केशव राम यादव लगायतले बिद्यार्थी तथा अभिभावककाे स्वास्थ्य जांच तथा परामर्शको लागि पालिकाले गरेको सहयोग प्रति विद्यालय परिवार आभारी रहेको बताउनुभयो ।

स्वास्थ्य शिबिरमा कुल २१९ जना बिरामीले सेवा लिएका डा. सपना कंवरले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएको बिपन्न तथा जेस्ठ नागरिकको लागि मोतियाबिन्दुको अप्रेसन गर्नको लागि डा आरजु खनालले बताउनु भयो । कार्यक्रमको सहजिकरण भने आधुनिक समाज डेन्टल केयर बुटवलका माधव सापकोटाले गर्नुभएको थियो ।

Facebook Comments