घोराही । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले कृषि फर्ममै पुगेर श्रमिकहरुलाई सम्मान गरेको छ । पार्टीले आज सोमबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर जिल्लाका विभिन्न क्षेत्रमा श्रम गर्दै आएका श्रमिकहरुलाई सम्मान गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङका इन्चार्ज सम्झना सीको नेतृत्वमा गएको टोलीले घोराही उपमहानगरपालिका-१० मा रहेको महेन्द्र खड्काको कृषि फर्ममै पुगेर श्रमिकहरुलाई अबिर टीका, खादा, पार्टीको कप दिएर सम्मान गरेको छ । पार्टी कृषि फर्ममै पुग्दा श्रमिकहरुले खुसी व्यक्त गरेका थिए ।
त्यस्तै पार्टीले घोराही -१५ न्यू गोरक्ष टोल निवासी अटो श्रमिक मनकुमारी घर्ती मगर (क.सुन्दरी) र हरीप्रकाश घर्ती (क .जनसत्ता)लाई पार्टीको कपसहित खादा लगाएर सम्मान गरेको थियो ।
आजकै दिन श्रमिकले आफ्नो हक र अधिकार प्राप्तिका लागि संघर्ष र आन्दोलन गरेको दिनलाई स्मरण गर्दै वास्तविक रुपमै श्रम गर्ने ठाउँमा पुगेर श्रमिकहरुलाई सम्मान गरिएको पार्टीले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङका इन्चार्ज सम्झना सी, पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सी, पार्टीका ४ नम्बर एरिया इन्चार्ज महान सीको उपस्थितिमा श्रमिकहरुलाई सम्मान गरिएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
