घोराहि १८ दाङ/स्मार्ट वियरेबल र अडियो उत्पादनहरूको ब्राण्ड हाइफ्युचर ब्रान्डका सामान अव दाङमा पनि उपलब्ध भएका छन । राप्ति अंचलको लागि आधिकारीक बिक्रेताको रुपमा मेलिना मल्टिपल्स प्रालीले उक्त ब्रान्डका सामानहरु भित्राएको हो ।
हाइफ्युचरको ब्राण्डले नेपालमा कम्पनीको वायरलेस इअरबड, हेडफोन, पोर्टेबल स्पीकर र स्मार्टवाचहरूसहितको अभिनव रेन्जको स्मार्ट वियरेबल र अडियो उत्पादनहरूलाई बिक्रि तथा बितरण गर्ने छ ।सोहि अन्तर्गत दाङमा पनि उपलब्ध रहेका छन । आज घोराहि मा पत्रकारसम्मेलन गरी मेलिना मल्टिपल्स प्रालिले आफ्ना प्रोडक्टहरु बजारमा ल्याएको जानकारी दिएको हो ।
मोबाइल क्षेत्रमा निकै लोकप्रियता कमाएका मेलिना मल्टिपल्स प्रालीका प्रोप्राइटर तुलसिराम शर्मा हाइफ्युचरलाई नयाँ ग्राहक खोज्न र दाङमा अधिक रुपमा ब्रान्डको उपस्थिति बनाउन सहयोग गर्ने बताउनुभएको छ । ‘हाइफ्युचरको स्मार्ट वियरेबलहरू वास्तविक समयमा स्वास्थ्य डाटा, सूचनाहरू र अन्य उपयोगी सुविधाहरू प्रदान गर्ने ब्रान्डको रुपमा परीचित छ । जबकि उनीहरूको अडियो उत्पादनहरू उत्कृष्ट ध्वनि गुणवत्ता, स्वर निवारण र अन्य अग्रगामी सुविधाहरूले एक सम्पूर्ण अडियो अनुभव प्रदान गर्दछ छ । ‘हाइफ्युचरका स्मार्ट वाचहरुमा मोबाइल संग कनेक्ट गरेपछि सबै काम वाचबाटै गर्न मिल्ने सुबिधा रहेको छ ।
उक्त ब्रान्डमा अहिले १० वटा प्रोडक्ट बजारमा उपलब्ध छ । सो ब्रान्डको नेपालको लागि आधिकारीक बितरक टेक स्टुडियो प्रालि रहेको छ । हाइफ्युचर र एक्युफिटका स्मार्टवाचहरु ीनकै सुबिधा सम्पन्न र सस्तो मुल्यमा उपलब्ध रहेको प्रालिका संचालक तुलसिराम शर्माले जानकारी दिनुभयो । हाइफ्युचर र टेक स्टुडियो नेपाली ग्राहकहरूलाई सबैभन्दा राम्रो स्मार्ट वियरेबल र अडियो उत्पादनहरू प्रदान गर्न सक्षम रहेको र नेपाली बजारमा ग्राहकको माग पुर्ति गर्ने लक्ष रहेको छ । राप्ति अंचलको पाच वटै जिल्लामा उक्त ब्रान्डका सामान उपलब्ध हुने पनि संचालक शर्माको भनाई छ ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष सन्तोष सुबेदिले ग्राहकले चाहे जस्तो ब्रान्ड भएको कारणले सबैको ग्राहकहरुले यो ब्रान्डको सामान प्रयोग गर्ने बताउनुभयो । मेलिना मल्टिपल्स प्रालिका संचालक तुलरिाम शर्माको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुबेदिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण दिपक वलीले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
