• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नारायणपुर महोत्सवको चाैथाे दिन विभिन्न कलाकारकाे प्रस्तुति, भाेलि साेमबार नरेश खाती र बिन्दु परियारकाे प्रस्तुति रहने




दाङ, १६ वैशाख ।नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा वैशाख १४ गतेदेखि २६ गतेसम्म ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८०’ मा आज आइतबार चाैथाे दिन विभिन्न कलाकारहरूकाे प्रस्तुति रहेकाे छ ।

नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा विभिन्न कलाकारहरूकाे प्रस्तुतिसँगै दर्शकहरुले मनोरञ्जन लिएका हुन् ।

गायक शालिक राेका, राजकुमार वली, गायिका अनु राना मगर गायिका शर्मिला अर्यालको पनि प्रस्तुति रहेको थियो । एलिसा डान्स ग्रप काठमाडौंका नृत्यङ्गनाहरु एलिसा बराल, सीमा श्रेष्ठ र एन्जिला श्रेष्ठको पनि प्रस्तुति रहेको थियो । साथै द लेभल अफ डान्स ग्रुपले पनि प्रस्तुति राखेका थिए ।

महोत्सवमा भोलि साेमबार नरेश र बिन्दु

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा भोलि साेमबार गायक नरेश खाती र गायिका बिन्दु परियारकाे प्रस्तुति रहने छ । खाती र परियारले दाङबाट नेपाली गीत संगीतमा प्रतिनिधित्व गर्दै राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा आफूलाई स्थापित गर्दै आएका छन् ।
साथै भोलि महोत्सवको पाँचाै दिन गायक पिताम्बर रिजाल गायिकाहरु अनु राना मगर, शर्मिला अर्यालको प्रस्तुतिसँगै एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ र सीमा श्रेष्ठको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक डिल्ली वलीले जानकारी दिएका छन् ।

Facebook Comments